जसपाद्वारा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त | Khabarhub Khabarhub

जसपाद्वारा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा बाढी र पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्मा परी जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

उनले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह गरेका छन् ।

साथै अध्यक्ष यादवले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सदस्य तथा भ्रातृ सङ्गठनलाई आग्रह पनि गरेका छन्  ।
 

 

 

 

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : २८ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा