समाचार

आजका समाचार : राष्ट्रियसभामा फेरियो दलीय समीकरण, माओवादी बन्यो पहिलो पार्टी

By खबरहब

January 25, 2024

राष्ट्रियसभामा फेरियो दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी, बालेन्द्र, हर्क र गोपालले गरे चुनाव बहिष्कार, संविधानको पालना सबैको दायित्व, सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राख्न अनुमति, मानवअधिकार आयोग ऐन संशोधन गर्न सर्वोच्चको आदेश, चीनमा पहिरोमा परी ४३ को मृत्युलगायत समाचार रहनेछन् ।

पहिलो पार्टी बन्यो माओवादी राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको दलीय समीकरण फेरिएको छ । राष्ट्रियसभामा अब नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ ।

आज १९ सिटका लागि भएको चुनावमा माओवादी केन्द्रका ५ उम्मेदवार निर्वाचित भए । कांग्रेका १० जना निर्वाचित हुँदा एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए ।

माओवादीबाट हाल राष्ट्रियसभामा उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । आज थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्रका १७ सांसदसहित सबैभन्दा ठूलो दल भएको हो ।

राष्ट्रियसभामा फेरियो दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी

कोशीमा गठबन्धनका सिटौला विजयी

लुम्बिनीबाट गठबन्धका विष्णुकुमारी र झक्कुप्रसाद विजयी

बालेन्द्र, हर्क र गोपालले गरे चुनाव बहिस्कार राष्ट्रिय सभा सदस्यका लागि विहीबार भएको मतदान तीन जना स्वतन्त्र जनप्रतिनिधिले बहिस्कार गरेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज सम्पाङ राई र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बिहीबार भएको राष्ट्रिय सभा निर्वाचन बहिस्कार गरेका हुन् ।

मधेसबाट गठबन्धनका आनन्द र पूजा विजयी

गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी

कर्णालीमा गठबन्धनका तीनै जना विजयी

बागमतीमा सत्ता गठबन्धनका चारै उम्मेदवार विजयी

सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेद्वार विजयी

सबै प्रदेशमा मतदान सम्पन्न, ९९. ३२ ले मतदान गरे

संविधानको पालना सबैको दायित्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले संविधान र कानुनको पालना गर्न लगाउन पूर्व न्यायाधीशहरूको भूमिका महत्वपूर्ण रहने बताए ।

विद्युत् खपत बढाउन ऊर्जामन्त्रीको जोड

जनक शिक्षा सामग्री केन्द्रको अनुगमन

माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान

राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूत भोल्कबीच भेट राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सभामुख घिमिरे र राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुबीच भेट

सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राख्न अनुमति अकुत सम्पत्ति आर्जनमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई थुनामा राख्न अनुमती दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

भ्रष्टाचारको अभियोगमा तेह्र जनाविरुद्ध मुद्दा दायर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मानवअधिकार आयोग ऐन संशोधन गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ ।

न्यायाधीशद्वय सुष्ममालता माथेमा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले गत भदौमा जारी गरेको आदेशको आज सार्वजनिक पूर्णपाठमा आयोगको काम कारबाही प्रभावकारी बनाउन ऐन संशोधन प्रक्रिया बढाउन निर्देशनात्मक आदेश गरेको हो ।

प्रधानमन्त्री कप प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपीएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो ।

रूपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभर सबै विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । उसका लागि दिलशाद अलीले अविजित ३९ रन बनाए ।

प्रधानमन्त्री कपमा लुम्बिनीसँग एपीएफ विजयी

गण्डकी माथि मधेसको सहज जित

अन्तर्राष्ट्रिय…

चीनमा पहिरोमा परी ४३ को मृत्यु चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी मर्नेको सङ्ख्या बिहीबारसम्म ४३ पुगेको र भग्नावशेषमा अझै एक जना बेपत्ता भएको सरकारी मिडियाले बताएको छ ।

युनान प्रान्तको झेन्सियोङ काउन्टीमा सोमबार बिहानैदेखि गएको पहिरोमा १८ घर पुरिएको र दुई सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा थप नौ शव प्राप्त भएको र यसले बुधबार मर्नेको सङ्ख्या ३४ लाई बढाएर ४३ पुर्याएको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले बिहीबार साँझ बताएको छ ।

गाजास्थित संयुक्त राष्ट्रसङ्घीय प्रशिक्षण केन्द्रमा आक्रमण, नौ जनाको मृत्यु

फ्रान्सका राष्ट्रपति म्याक्रोँ बिहीबार जयपुर आउँदै

श्रीलंकाको पुनर्वास केन्द्रबाट ४० कैदी फरार

चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा

मालीको सुनखानी दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो