गण्डकीमाथि मधेसको सहज जित  « Khabarhub

गण्डकीमाथि मधेसको सहज जित 


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । 

टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले गण्डकीलाई १ सय ४५ रनले पराजित गरेको हो । जितका लागि ३ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी ३९ दशमलव ५ ओभर खेल्दै १९० रनमा समेटियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको थियो । मधेशका लागि अनिल शाहले १२४ रनको शतकीय पारि खेले ।

त्यस्तै मूलपानी मैदानमा भएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्यो । जितका लागि २४८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ३० दशमलव ३ ओभर खेल्दा १५० रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।

त्यस्तै भैरहवा रंगशालामा भएको खेलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित दर्ता गर्यो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको एपिएफले २२.३ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाउँदै जित दर्ता गरेको हो । एपिएफका कप्तान रोहित पौडेलले ५२ रनको योगदान दिए । 

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा १ सय ३३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिएका थिए । एपिएफका लागि रमेश कुर्मीले ५ विकेट लिए । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ३ : ५८ बजे

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो