सभामुख घिमिरे र राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुबीच भेट « Khabarhub

सभामुख घिमिरे र राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुबीच भेट


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले आज भेट गरेकी छन् ।

भेटका अवसरमा दुवैबीच हतियार निःशस्त्रीकरणमा राष्ट्रसङ्घ तथा नेपालले गरेका प्रयास, साना र हलुका हतियारसम्बन्धी कार्ययोजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदनलगायत विषयमा छलफल भएको थियो । सो अवसरमा सभामुख घिमिरेले निःशस्त्रीकरण मामिलामा राष्ट्रसङ्घले गरेका विश्वव्यापी प्रयासको सरहाना गरे। 

‘मलाई विश्वास छ कि एसिया–प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियारसम्बन्धी कार्ययोजनासम्बन्धी चौथो समीक्षा सम्मेलनको सफलतामा ठूलो योगदान पुर्याउनेछ’, सभामुख घिमिरेले भने, ‘यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ ।’ उनले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्रसङ्घसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसङ्घ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्व दिएको उनको भनाइ छ ।

सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य देशको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तको समर्थन गर्ने बताए ।

उपमहासचिव नाकामित्सुले नेपालको संसद्ले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरे। जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसद्ले गृहकार्य गर्ने जानकारी दिए।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  २ : ४२ बजे

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली

जेन-जी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक

एकैदिन संसदीय सुनुवाइदेखि नियुक्तिसम्म : प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

काठमाडौं- एकै दिन मंगलबार संसदीय सुनुवाइदेखि शपथ हुँदै नियुक्तिसम्मको टुंगो