चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा | Khabarhub Khabarhub

चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले जनाएको छ । सन् १९८० को दशकमा एक हजार १०० पान्डा रहेकोमा अहिले एक हजार ९०० को हाराहारीमा रहेको चिनियाँ प्रशासनले जनाएको छ ।

जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जका कर्मचारी झाङ युले भने, ‘पान्डाको यो उल्लेखनीय वृद्धिको मुख्य कारण चीनको तीव्र सुरक्षा प्रयास हो ।’ पान्डा संरक्षणका लागि अक्टोबर २०२१ मा जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो । ‘निकुञ्जले २२ हजार वर्ग किलोमिटरभन्दा बढीको क्षेत्र ओगटेको छ र यसले करिब ७२ प्रतिशत जंगली विशाल पान्डालाई महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ,’ झाङले भने ।

सन् २०१२ देखि अहिलेसम्म विशाल पान्डाको वासस्थानको संरक्षित क्षेत्र १३ लाख ९० हजार हेक्टरबाट बढेर २५ लाख ८० हजार हेक्टर पुगेको छ, जसले जङ्गली पान्डाको जनसङ्ख्याको सुरक्षा र दिगो विकासलाई प्रभावकारी रूपमा कायम राखेको प्रशासनको तथ्यांकले देखाएको छ । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १२ : २६ बजे

कांग्रेस संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज

भारतमा आज १० राज्यका ९६ सिटका लागि मतदान हुँदै

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको निर्वाचन अन्तर्गत

मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार सन्

दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा