राष्ट्रियसभामा फेरियो दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी « Khabarhub

राष्ट्रियसभामा फेरियो दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको दलीय समीकरण फेरिएको छ । राष्ट्रियसभामा अब नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ ।

आज १९ सिटका लागि भएको चुनावमा माओवादी केन्द्रका ५ उम्मेदवार निर्वाचित भए । कांग्रेका १० जना निर्वाचित हुँदा एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए ।

माओवादीबाट हाल राष्ट्रियसभामा उपाध्यक्षसहित १५ जना छन् । ३ जना फागुन २० मा बिदा हुँदैछन् । आज थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्रका १७ सांसदसहित सबैभन्दा ठूलो दल भएको हो ।

राष्ट्रिय सभामा कांग्रेसका हाल १० सांसद रहेकोमा ४ जना फागुन २० मा बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।

हाल एकीकृत समाजवादीका ८ जना छन् । दुई जना फागुनबाट बिदा हुँदै गर्दा आज नयाँ दुई जना निर्वाचित भएकाले उसको सांसद संख्या ८ नै रहनेछ ।

एमालेका १७ जना राष्ट्रिय सभा सदस्य थिए। तीमध्ये ८ जनाको पदावधि फागुन २० मा सकिँदैछ। एमालेले कोशीमा राप्रपासँग बाहेक अन्त कतै तालमेल गर्न पाएन। तालमेल भएको कोशीमा एमालेका एक सांसद विजयी भए । एमालेले रिक्त रहेका ८ मा ७ सिट गुमाएसँगै एमालेका अब १० जना सांसद छन्। योसँगै एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको छ।

जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदै गर्दा आज एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत छ ।

लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् । यसरी माथिल्लो हाउसमा सात दलको उपस्थिति रहने छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ६ : २७ बजे

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका