फ्रान्सका राष्ट्रपति म्याक्रोँ बिहीबार जयपुर आउँदै « Khabarhub

फ्रान्सका राष्ट्रपति म्याक्रोँ बिहीबार जयपुर आउँदै


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ ७५ औं गणतन्त्र दिवससमारोहका प्रमुख अतिथिका रुपमा आज जयपुर आउने भएका छन्  ।

भारत–फ्रान्स रणनीतिक साझेदारीको २५ औँ वर्षगाँठको अवसरमा उनको भ्रमण हुन लागेको हो । 

म्याक्रोँले अम्बर किल्लाको भ्रमण गरेर भ्रमणको सुरुवात गर्नेछन् । राष्ट्रपति म्याक्रोँलाई प्रधानमन्त्री मोदीले स्वागत गर्ने र दुवै नेताले गुलाबी शहरको एकसाथ भ्रमण गर्नेछन् । भ्रमणपछि दुई नेताबीच गहन द्विपक्षीय वार्ता हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ७५ औं गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा म्याक्रोँको भारत भ्रमण तय भएको हो । यस अवसरमा फ्रान्सेली सशस्त्र बलको एक टुकडीले गणतन्त्र दिवसको परेड र फ्लाइपास्टमा भारतीय सेना र एभिएटरहरूसँग भाग लिनेछ ।

म्याक्रोँले ‘एम्बर फोर्ट’को भ्रमण गर्नेछन् र इन्डो-फ्रान्सेली सांस्कृतिक परियोजनाका सरोकारवाला, साथै विद्यार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। 

जनवरी २६ मा राष्ट्रपति म्याक्रोँ गणतन्त्र दिवसको परेडमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् । 

‘उनीभारतका सम्माननीय राष्ट्रपति द्रौपदी मुर्मुको निमन्त्रणामा राष्ट्रपति भवनमा हुने ‘एट होम रिसेप्सन’ र त्यसपछि राजकीय भोजमा सहभागी हुने कार्यक्रम रहेको छ । 

यसअघि म्याक्रोँ सन् २०१८ को मार्चमा भारतको राजकीय भ्रमणमा र जी-२० शिखर सम्मेलनका लागि सन् २०२३ को सेप्टेम्बरमा औपचारिक दिल्ली भ्रमणमा आएका थिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ६ : ५७ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा