विवाह भन्दा पहिला पार्टनरसँग अवश्य सोध्नुस् यी तीन प्रश्न « Khabarhub

विवाह भन्दा पहिला पार्टनरसँग अवश्य सोध्नुस् यी तीन प्रश्न


१८ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदी तपाईंले तत्काल विवाह गर्नेबारे सोच्नुभएको छ भने विवाह गर्न लागेको पार्टनरसँग खुलेर कुरा गर्नुस्, आफ्ना कुरा र उनका कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुस् ।

यसरी खुलस्त भएर विवाह गर्दा आगामी दिनमा तपाईंको बैवाहिक अवस्था सुखद् बन्न जान्छ । विवाहलाई लिएर मानिसले केही खालका सपना देखेका हुन्छन् । सबै आफ्नो विवाहलाई यादगार बनाउनका लागि खानादेखि विवाहको स्थानसम्मको पूरा योजना बनाउँछन् । जो व्यक्तिसँग आफ्नो पूरा जीवन जिउने अवस्था बनेको हुन्छ उसँग हरेर विषयमा खुलस्त भएर कुरा गर्न र विवाह भन्दा पहिला केही प्रश्नहरु गर्न आवश्यक हुन्छ । ताकि विवाह भन्दा पहिला एक अर्कालाई राम्रोसँग बुझ्न सहज हुन्छ ।

आर्थिक अवस्था– विवाह भन्दा पहिला कयौं पार्टनरसँग यो सवाल सोध्न चाहन्छन् तर चाहेरपनि यो सोध्न सक्दैनन् । किनकी धेरैलाई पैसा सम्बन्धी धेरै कुरा सोध्न र बुझ्न डर लाग्छ । तर विवाह भन्दा पहिला आफ्नो पार्टनरको आर्थिक अवस्थाबारे जानकारी लिन आवश्यक छ ।

फ्यामिलि प्लानिङ– विवाह भन्दा पहिला पार्टनरसँग फ्यामेलि प्लानिङका बारेरमा जरुर कुरा गर्नुहोस् । जब दुई मध्ये एक व्यक्तिलाई बच्चा चाँढो चाहिएको छ भने भने यस विषयमा विवाह भन्दा पहिला कुरा गर्नु आवश्यक हुन्छ । तपाईलाई कहिले बच्चाको बारेमा सोच्न जरुरी हुन्छ भन्ने विषयमा प्रस्ट हुनु जरुरी हुन्छ ।

वानिव्यहोरा– विवाह भन्दा पहिला आफ्नो पार्टनरको वानी व्यहोरा बारे जानकारी लिन जरुरी हुन्छ । प्रेम सम्बन्ध भएकाहरुले बानी व्यहोरा बारे जानकार भएको भएपनि मागी विवाह गर्नेले आफ्नो पार्टरको बानी व्यहोरा थाहा नपाएको हुनसक्छ । त्यसलैले उसलाई के मन पर्छ के मन पर्दैन भन्ने कुरा थाहा पाएको खण्डमा सहज हुन जान्छ । यसरी पार्टनरको बानी व्यहोराबारे जानकारी लिँदा दाम्पत्य जीवनलाई राम्रो बनाउन सकिन्छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ५ : ०९ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते