देश/प्रदेश « Khabarhub

पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरी‍- बलानविहुल गाउँपालिका-४ बस्ने मो.उमर फारूक मियाँको छोरा ३ वर्षीय मो.फैजानको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।