विर्तामोडमा सुजुकी बर्गम्यानको लञ्चसँगै र्याली « Khabarhub

विर्तामोडमा सुजुकी बर्गम्यानको लञ्चसँगै र्याली


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– सुजुकी टु ह्वीलर्सको लागी गजुर मुखी ट्रेड लिंकले सुजुकी बर्गम्यान-१२५ सी सी को स्कूटर लंच सहित झापाको विर्तामोडमा विशाल र्याली सम्पन्न गरेको छ ।

नेपालमा उपलब्ध स्कुटरहरु मध्ये सबै भन्दा आकर्षक तथा सुविधाजनक रहको कम्पनीको दाबी छ । यसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ ।

स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि यस स्कुटरमा रहेका छन् ।

यो स्कूटरले सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापितहुने कुरा निर्विवाद रहेको गजुर मुखी ट्रेड लिंक रूपक थापाले बताए । हाल नेपाली बजारमा यसको मूल्य २ लाख २९ हजार ९ सय रहेको छ ।

सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् ।

नेपालभर ७८ ठाउँबाट सुजुकीका प्रोडक्ट एउटै छाना मुनि सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स बिक्री बितरण भी जी आटोमोबाइलसले गर्दै आएको छ ।  कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका राष्ट्रिय उपभोक्ता मंच झापाका अध्यक्ष मदन गोपाल सुब्बाले सुजुकी बर्गम्यान स्कूटर को स्टाट गरेर र्यालीको सुरुवात गरेका थिए । कार्यक्रममा विशिस्ट अतिथिको रुपमा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, उद्योग बाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी लगायत रहेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : ४४ बजे

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय

अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको