विर्तामोडमा सुजुकी बर्गम्यानको लञ्चसँगै र्याली « Khabarhub

विर्तामोडमा सुजुकी बर्गम्यानको लञ्चसँगै र्याली


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– सुजुकी टु ह्वीलर्सको लागी गजुर मुखी ट्रेड लिंकले सुजुकी बर्गम्यान-१२५ सी सी को स्कूटर लंच सहित झापाको विर्तामोडमा विशाल र्याली सम्पन्न गरेको छ ।

नेपालमा उपलब्ध स्कुटरहरु मध्ये सबै भन्दा आकर्षक तथा सुविधाजनक रहको कम्पनीको दाबी छ । यसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ ।

स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि यस स्कुटरमा रहेका छन् ।

यो स्कूटरले सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापितहुने कुरा निर्विवाद रहेको गजुर मुखी ट्रेड लिंक रूपक थापाले बताए । हाल नेपाली बजारमा यसको मूल्य २ लाख २९ हजार ९ सय रहेको छ ।

सुजुकी, जापानीज बाइकहरु निर्माणमा ख्याति कमाएको विश्वकै एक अग्रणी बाइक निर्माता हो र हाल विश्वका प्रायःजसो सबै देशहरुमा यसको उपस्थिति रहेको छ । विश्वमा सर्वाधिक अवार्डहरु प्राप्त गर्न सफल सुजुकी बाइकहरु नेपालमा विभिन्न आकर्षक रङ्गहरु र विविध मुल्यमा उपलब्ध छन् ।

नेपालभर ७८ ठाउँबाट सुजुकीका प्रोडक्ट एउटै छाना मुनि सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स बिक्री बितरण भी जी आटोमोबाइलसले गर्दै आएको छ ।  कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका राष्ट्रिय उपभोक्ता मंच झापाका अध्यक्ष मदन गोपाल सुब्बाले सुजुकी बर्गम्यान स्कूटर को स्टाट गरेर र्यालीको सुरुवात गरेका थिए । कार्यक्रममा विशिस्ट अतिथिको रुपमा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, उद्योग बाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी लगायत रहेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : ४४ बजे

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न