पर्साको सखुवाप्रसौनी-५ मा समाजवादीका यादव विजयी | Khabarhub Khabarhub

पर्साको सखुवाप्रसौनी-५ मा समाजवादीका यादव विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा समाजवादी पार्टीका रुपलालकुमार यादव विजयी भएका छन्।

समाजवादी पार्टीको पन्जाछापबाट निर्वाचनमा लडेका यादवले १ हजार ३१ मत ल्याई वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशेस्वर यादवले ८१९ मत प्राप्त गरेको पर्साका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए।

वडाध्यक्ष पदको लागि प्रतिस्पर्धामा रहेका पाँचजना मध्ये तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका उदयशंकर रौनियारले २३२ मत प्राप्त गरेका छन्। त्यसै गरी स्वतन्त्रका गोपाल साह कानुले १६ मत र राप्रपाका सदरी महराले गाई छापबाट ८ मत प्राप्त गरेको उनले बताए।

कुल खसेको २ हजार १२८ मत मध्ये २२ मत बदर भएको पर्साको जिल्ला निर्वाचन अधिकारी रंजिता झाले बताइन्। आइतबार बिहान १ बजेतिर सकिएको मत गणनाको अन्तिम नतिजामा २२ मत बदर भएको झाको भनाइ छ। वडाध्यक्षमा निर्वाचित रुपलाल कुमार यादव आफ्नै बुबा वृजमोहन यादवको पदमा पुगेका हुन्।

उनैका बुबा वृजमोहनको हृदयघातका कारण मृत्यु भएर रिक्त रहेको पदमा शनिबार भएको निर्वाचनमा आफ्नो पार्टीको पनि शाख जोगाउँदै रुपलाल विजय बनेका हुन्।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : १७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र