मलेसियाबाट अवैध श्रमिक फर्काउन दूतावासको घुम्ती शिविर | Khabarhub Khabarhub

मलेसियाबाट अवैध श्रमिक फर्काउन दूतावासको घुम्ती शिविर


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत अवैध नेपाली कामदार फर्काउन घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

मलेसिया सरकारले अवैधानिक आप्रवासी कामदारलाई आममाफी दिएको स्वदेश फर्काउने कार्यक्रम ‘गुड फर ब्याक’ कार्यक्रम आगमी डिसेम्बर ३१ मा सकिँदै छ । सोही कार्यक्रमलाइ मध्येनजर गदै दूतावासले मलेसियाका विभिन्न स्थानमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

मलेसिया सरकारले गएको अगष्ट १० देखि अवैधरूपमा मलेसियामा बसेका आप्रवासी कामदारलाई आममाफी दिएर स्वदेश फर्काउने कार्यक्रम ल्याएको थियो । दूतावासले आज (आइतबार) पेनाङ्ग राज्यमा यात्रा अनुमति पत्र बनाउने सेवा उपलब्ध गराउने बताएको छ ।

नेपाली दूतावासले अवैध कामदारको घनत्व रहेको विषेश स्थामा घुम्ती सेवा सञ्चालन गर्ने दूतावासले जानकारी दिएको छ ।

उक्त कार्यक्रमबाट घर फर्किन अवैध रुपमा बसेका नेपालीले हवाई टिकट आफैंले खरीद गरी जरिवाना वापत ७ सय, स्पेसल पास वापत १ सय र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट गरी करिब २६ हजार ५ सय रुपैयाँ बुझाउनुपर्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : ३२ बजे

सोमबार किन भारत जाँदैछन् कुलमान ?

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र

५ एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीको ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमाथि १४ गते सुनुवाइ हुने

काठमाडौं – राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको

जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई