सुरक्षाको ‘घर’ ले कस्तो प्रतिक्रिया पायो युट्युबमा? | Khabarhub Khabarhub

सुरक्षाको ‘घर’ ले कस्तो प्रतिक्रिया पायो युट्युबमा?


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्पण थापा, सुरक्षा पन्त, वेनिषा हमाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको फिल्म ‘घर’ हालै युट्युबमा रिलिज गरिएको छ ।

हरर जानरामा निर्माण भएको यो फिल्मले फिल्म हलमा भने राम्रो प्रतिक्रिया पाएको थिएन । यद्यपि यो फिल्म छोटो समयमा नै युट्युबमा रिलिज गरिएपछि दर्शकले आश्चर्य प्रकट गरेका छन् ।

अर्पण थापाले निर्देशन गरेको यो फिल्ममा एक परिवारले सस्तोमा पाएको घर किनेपछि आएको अवस्थालाई कथानक बनाइएको छ । फिल्ममा भूतले तर्साउने दिने काल्पनिक विषयलाई देखाइएको छ ।

फिल्मलाई युट्युबमा दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । स्किृप्ट र लाउड अभिनयका कारण हलमा दर्शक नपाएको यो फिल्म हेरेर धेरैजसो दर्शकले भने मन परेको प्रतिक्रिया दिएका छन् ।

‘फिल्म बबाल लाग्यो मलाई, यस्तो भएपछि किन हिन्दी फिल्म हेर्नुपर्‍यो,’ एक प्रयोगकर्ताले लेखेका छन् । त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘धेरै राम्रो लाग्यो यो फिल्म ।’

राजु सेन्चुरी नामक प्रयोगकर्ताले कमेन्ट छोडेका छन्, ‘वाह, गज्जब फिल्म, दोस्रो भागको प्रतीक्षामा ।’

तामाङ बिमलाले लेखेकी छिन्, ‘ओएमजी मेरो त सातो उड्यो, मुटु नै काँप्यो, कथा केही कमजोर लाग्यो तर सुरुक्षा पन्तको अभिनय राम्रो लाग्यो ।’

‘हैन डरले झण्डै मरिएन हौ,’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले हरर फिल्म हेरेभरिमा सबैभन्दा राम्रो नेपाली फिल्म भएको प्रतिक्रिया दिएका छन् ।

यो समाचार तयार पार्दासम्म फिल्म तेस्रो नम्बरमा नेपाल ट्रेन्डिङमा छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, शर्मिला पाण्डे लगानी, सूर्य थोकरको एक्सन रहेको छ ।

यो फिल्म गएको साउनमा हलमा प्रदर्शनमा आएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : १३ बजे

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा गरिँदै : धातुजन्य उपकरणको पूजा

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज १ गते बुधबार। कन्या