साग फुटबल–खेल तालिका परिवर्तनमा माल्दिभ्स र श्रीलंकाको असन्तुष्टि « Khabarhub

साग फुटबल–खेल तालिका परिवर्तनमा माल्दिभ्स र श्रीलंकाको असन्तुष्टि


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसिशयाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको खेल तालिकामा श्रीलंका र माल्दिभ्सका प्रशिक्षकले असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतवार प्रि म्याच कन्फरेन्समा श्रीलंका र माल्दिभ्सका प्रशिक्षकले फिफाको नियम विपरीत खेल तालिका सार्वजनिक गरेको गुनासो गरेका हुन् ।

समूह एमा नेपालसहित बंगलादेश र भुटान रहेका छन् भने समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका रहेका रहेका थिए । तर भारतले साग फुटबलमा सहभागी नहुने जनाएपछि तालिका परिवर्तन भएको थियो ।

हरेक दिन खेल खेल्नु पर्दा खेलाडी घाइते हुनसक्ने भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

‘हरेक दिन खेल्दा खेलाडी घाइते हुने अवस्था बन्न सक्छ,’ माल्दिभ्सका प्रशिक्षकले भने ,’भारत नआएपछि खेल तालिका किन परिवर्तन गरिएको?’

यसका साथै उनले हचुवाको भरमा खेल तालिका बनाएको र आफ्नो टिमले प्रिम्याच कार्यक्रमका २० मिनेट अगाडीमात्र नयाँ खेल तालिका थाहा पाएको बताए ।

यस्तै श्रीलंका टिमका प्रशिक्षकले भने आफ्नो टिम जित्नका लागि नेपाल आएको बताए ।

नेपाल आउनु अगाडी टिममा केहि परिवर्तन गरिएको उनले खुलासा गरे । सागमा सहभागिता जनाउन नमान्ने खेलाडी विरुद्ध एक्सन लिएको उनले बताए ।

श्रीलंकाका प्रशिक्षकले पनि खेल तालिका परिवर्तन गरिनुमा असन्तुष्टी जनाए । खेल भनेको नियममा रहेर खेल्नुपर्ने, हामी पदक जित्नका लागि आएका थियौ, तर अचानक सेड्युल परिवर्तन भएकाले केहि कठिन हुने बताए ।

यस्तै भुटानका कप्तानले आफ्नो टिम अन्डरडग रहेको बताए । उनले बंगलादेश विरुद्धको खेलका लागि आफुहरु तयार रहेको धारणा राखे । अरु टिमले जस्तो आफुहरुलाई खेल तालिकाका बारेमा कुनै टिप्पणी गर्न आवश्यक नरहेको बताए ।

प्रशिक्षकले भने भुटानले राम्रो फुटबल खेल्ने र सबैले स्वर्णका लागि लक्ष्य लिएको बताउँदै आफुहरुपनि त्यसैका लागि खेल्ने धारणा राखे । प्रशिक्षकले नेपाल र भुटानको बातावरण मिल्नु टिमका लागि फाइदाजनक हुने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  २ : ११ बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा