क्रसर उद्योगमा पेस्तोल बरामद « Khabarhub

क्रसर उद्योगमा पेस्तोल बरामद


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको रोशी गाउँपालिका-११ कालढुङगास्थित माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालिको क्रसर उद्योगबाट प्रहरीले पेस्तोल बरामद गरेको छ। प्रहरीले शुक्रबार राति पेस्तोल र केएफ ७.६५ लेखिएको १ राउण्ड गोली बरामद गरेको हो।

यो क्रसरमा रहेको टहराभित्र पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको इलाका प्रहरी कार्यलय मंगलटारका प्रहरी निरीक्षक धर्म जंग थिङले जानकारी दिए।

पोस्तोल भेटिएको ठाउँ नजिकै केएफ ७.६५ लेखिएको १ राउण्ड गोलीसमेत बरामत गरिएको प्रहरी निरिक्षक थिङले पुष्टि गरे।

जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले क्रसर उद्योगबाट हतियार बरामद गरेको थियो। पेस्तोल र गोली फेला परेको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ।

यो क्रसर उद्योग बनेपाको राजभक्त प्रधान र युद्धबहादुर थापाको नाममा जिल्लामा दर्ता छन्।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना