२१ तस्वीरमा हेर्नुहोस्, सागको भव्य उद्घाटन [फोटो फिचर] | Khabarhub Khabarhub

२१ तस्वीरमा हेर्नुहोस्, सागको भव्य उद्घाटन [फोटो फिचर]



काठमाडौं– दक्षिण एसियाली देशहरुका लागि खेलकुदको कुम्भ मानिने  दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को १३ औं संस्करण आइतबारदेखि काठमाडाैंमा औपचारिक रुपमा शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित भव्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरिन् ।

सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले आइतबार साँझ १७ः५७ बजे प्रतियोगिता शुरुआत भएको घोषणा गरिन् ।

 

राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो ।

समारोहमा सात हजार ५०० को सङ्ख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरियो ।

समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति पनि बनाइयो ।मुलुकका सातै प्रदेश पुर्‍याएर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो ।

काठमाडौं, पोखरा र जनकपुरमा आइतबारदेखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको छ । प्रतियोगितामा विभिन्न देशका गरी ५ सय ९४ खेलाडीको सहभागिता रहने जनाइएको छ ।

 

सागलाई सफल बनाउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।

सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।

सागको उद्घाटन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायका विशिष्ट व्यक्ति समेत सहभागी थिए ।

थप तस्वीरहरु

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ५९ बजे

युइएफए नेसन्स लिग : स्पेनलाई हराउँदै विजेता बन्यो पोर्चुगल

काठमाडौं – आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल जेठ २६ गते सोमबार। जेठ

आज २०८२ साल जेठ २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २६ गते सोमबार। जेठ

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा