पारश खड्का र दीपक थापाले लिए सागमा सपथ « Khabarhub

पारश खड्का र दीपक थापाले लिए सागमा सपथ


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा आइतबारदेखि शुरु भएको १३ औँ सागमा सम्पूर्ण खेलाडीका तर्फबाट नेपालका क्रिकेट खेलाडी पारस खड्का र रेफ्री तथा अफिसियलका तर्फबाट ब्याडमिण्टनका अन्तरराष्ट्रिय रेफ्री दीपक थापाले शपथ लिएका छन् ।

खेल उद्घाटन समारोहमा मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोकेका थिए । समारोहमा नेपालका प्रथम ओलम्पियन जीतबहादुर केसीको नेतृत्वमा सातै प्रदेशमा साग ज्योति लगी आज दशरथ रङ्गशालामा ल्याइएको थियो । कार्यक्रममा मुकुन्दराज शर्माको शब्दमा रहेको साग गीत इन्दिरा जोशी र ‘साथीहरु’ले गाएका थिए ।

त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट नृत्य, नेपालका सातै प्रदेशका गीतनृत्य तथा सार्क मुलुकका छुटछुट्टै गीत ती मुलुककै भाषामा प्रस्तुत गरिएको थियो ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र, सात मुलुकका झण्डा तथा प्रतियोगितामा समाविष्ट २६ खेलको विद्युतीय प्रदर्शनी गरिएको थियो ।

लाखे र सागको मस्कट कृष्णसारको नृत्य तथा मयूर र याक नृत्यका साथै देवीदेवताका प्रतीक पनि प्रस्तुत गरिएको थियो । समारोहमा बौद्ध भिक्षुहरुको सहभागिता गराई शान्तिको सन्देश पनि दिइएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ४९ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार