सरकारी कार्यालय र विश्वविद्यालयको बेरुजु २ खर्ब १० अर्ब « Khabarhub

सरकारी कार्यालय र विश्वविद्यालयको बेरुजु २ खर्ब १० अर्ब


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रालयलगायत सरकारी कार्यालय र विश्वविद्यालयको बेरुजु दुई खर्ब नाघेको छ । बेरुजु फस्र्योट मूल्यांकन तथा अनुगमन समितिको आर्थिक वर्ष ०७४/७५ को वार्षिक प्रतिवेदनले दुई खर्ब १० अर्ब बेरुजु देखाएको हो । यसमध्ये मन्त्रालय/कार्यालयतर्फ एक खर्ब ७४ अर्ब र विश्वविद्यालय/समितितर्फ ३६ अर्ब बेरुजु रहेको नयाँ पत्रिकामा खबर छ ।

कुल बेरुजुको आधा अंक आर्थिक वर्ष ०७४/७५ मा मात्रै बढेको देखिएको छ । हालै मन्त्रिपरिषद्ले स्वीकृत गरेको समितिको प्रतिवेदनअनुसार ०७४÷७५ सम्म १ खर्ब ४ अर्ब बेरुजु थियो । ०७४/७५ को लेखापरीक्षणमा मात्रै एक खर्ब ६ अर्ब बेरुजु थप भएको हो । सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको रहेको समितिले जनाएको छ । अर्थको ४३ अर्ब १८ करोड बेरुजु छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ३३ अर्ब ५५ करोड, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २० अर्ब र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १९ अर्ब ६२ करोड बेरुजु देखिएको छ ।

राष्ट्रपति कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, न्यायपरिषद्, महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगले भने सबैभन्दा धेरै बेरुजु फस्र्योट गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।बेरुजु बढ्दा संगठनात्मक प्रभावकारिता र आर्थिक अनुशासन कम भएको देखिएको समितिको ठहर छ । सार्वजनिक स्रोत परिचालनमा दक्षताको कमी र विधिको पालना नहुने जोखिमसमेत बढ्ने प्रतिवेदनमा उल्लेख छ । समितिले बेरुजु फस्र्योटलाई प्रभावकारी बनाउन १५ बुँदे निर्देशन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

सुदूरपश्चिममा आर्थिक अनियमितता शीर्षकको समाचारमा सुदूरपश्चिम प्रदेश सभा र मन्त्रालयहरूले सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै टेन्डर छलेर साढे दुई करोडभन्दा बढीको सामान खरिद गरेका छन् । ५ लाखभन्दा बढीको सामान प्रतिस्पर्धाबाट खरिद गर्नुपर्ने नियम छल्दै विभिन्न कम्पनीमार्फत २ करोड ६३ लाखको सामान खरिद गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभाले गत आर्थिक वर्षमा १ करोड ३९ लाख मूल्यका विभिन्न सामान र उपकरण विनाप्रतिस्पर्धा खरिद गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । यस्तै, सामाजिक विकास मन्त्रालयले ८४ लाख ८ हजार र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४० लाख २२ हजारको सामान टेण्डर छलेर खरिद गरेका छन् ।

त्यस्तै पत्रिकाले बारामा हावाहुरीको वितण्डा शीर्षकमा लेखेको समाचारमा घाइते भएका ४ सय बढीको विभिन्न अस्पतालमा उपचार हुँदै गरेको, वीरगञ्जका अस्पताल घाइतेले भरिएको, घाइतेको उद्धारका लागि डोजर प्रयोग गरिएको उल्लेख छ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : ५८ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली