काठमाडौं– भारतमा जारी आईपीएल क्रिकेट अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार तेस्रो जित हात पारेको छ । गएराति भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेको हो ।
चेनइको जितका लागि कप्तान महेन्द्र सिंह धोनीले ४६ बलमा ७५ रनको विस्फोटक पारी खेलेपछि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७५ रन बनाएको थियो । धोनीले चार चौका र चार छक्का प्रहार गरेका थिए ।
सुरुवाती ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न नसेपछि कप्तान धोनीले उत्कृष्ट प्रदर्शन गरे । धोनी बाहेक ब्राबोले २७ रन बनाए भने सुरेश रैनाले ३६ रन जोडे । १७६ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा आठ विकेट गुमाउँदै १६७ रनमा समेटियो । राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए भने राुहल त्रिपाठीले सर्वाधिक ३९ रनको योगदान दिए ।
राजस्थानलाई कम स्कोरमा रोक्नका लागि दिपक चाहर, सार्दुल ठाकुर, ड्वाइन ब्राभो र इमरान ताहिरले दुई दुई विकेट लिए । जितसँगै चेन्नईले तालिकामा तीन खेलबाट ६ अंक बनाएको छ । राजस्थान भने तीन खेल सकिँदा जितविहीन छ ।
यस्तै हिजै भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको थियो । कप्तान विराट कोहली नेतृत्वको बैंग्लोर हैदरावादस‘ग पराजित भएको हो । बैंग्लोरको यो लगातार तेस्रो हार हो । घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले पाहुना टोली बैंङ्लोरलाई १सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया