चेन्नईको जीतमा कप्तान धोनी नायक « Khabarhub

चेन्नईको जीतमा कप्तान धोनी नायक


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेकोृ छ । आइतबार राति भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले दिएको १सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारीत २० आभेर पुरा खेल खेल्दै ८ विकेट गुमाएर १ सय ६७ रनमा समेटियो ।

राजस्थानविरुद्ध चेन्नईका दिपक चाहार र इम्रान ताहिरले उत्कृष्ट बलिङ गरेपछि राजस्थानले लक्ष्य भेट्टाउन सकेन । राजस्थानले १ सय ७६ रन बनाउने क्रममा राजस्थानका वेन स्टोक्सले ४६ रन, राहुल त्रिपाठीले ३९ रन, स्टेभन स्मिथले २८ र जोफ्रा आर्करले २४ रन बनाएपनि लक्ष्य पुरा गर्न सकेनन् ।

राजस्थानविरुद्ध चेन्नईका दिपक चाहारले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित २ विकेट लिएका थिए । त्यस्तै, इम्रान ताहिर, ड्याइन ब्राभो र सादर््ल ठाकुरले समान २—२ विकेट लिएका थिए ।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । चेन्नईका लागि कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी नायक बने । उनले ४६ बलमा ४५ छक्का र ४ चौकाको मद्दतमा ७५ रन बनाउँदै राजस्थानविरुद्ध लक्ष्य लम्बाएका थिए ।

त्यस्तै, सुरेश रायनाले ३६ रन, ड्याइन ब्राभोले २७ रन बनाए भने शेन वाट्सनले १३ रन बनाएका थिए ।

चेन्नईविरुद्ध जोफ्रा आर्चरले २ विकेट, धवल कुलकर्णी, ज्यादव उन्डकट र वेन स्टोक्सले समान एक—एक विकेट लिएका थिए ।

जीतसँगै चेन्नई लिगमा ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित राजस्थान अंकबिहीन हुँदै ७ औं स्थानमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : १८ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि