चेन्नईको जीतमा कप्तान धोनी नायक | Khabarhub Khabarhub

चेन्नईको जीतमा कप्तान धोनी नायक


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेकोृ छ । आइतबार राति भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले दिएको १सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारीत २० आभेर पुरा खेल खेल्दै ८ विकेट गुमाएर १ सय ६७ रनमा समेटियो ।

राजस्थानविरुद्ध चेन्नईका दिपक चाहार र इम्रान ताहिरले उत्कृष्ट बलिङ गरेपछि राजस्थानले लक्ष्य भेट्टाउन सकेन । राजस्थानले १ सय ७६ रन बनाउने क्रममा राजस्थानका वेन स्टोक्सले ४६ रन, राहुल त्रिपाठीले ३९ रन, स्टेभन स्मिथले २८ र जोफ्रा आर्करले २४ रन बनाएपनि लक्ष्य पुरा गर्न सकेनन् ।

राजस्थानविरुद्ध चेन्नईका दिपक चाहारले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित २ विकेट लिएका थिए । त्यस्तै, इम्रान ताहिर, ड्याइन ब्राभो र सादर््ल ठाकुरले समान २—२ विकेट लिएका थिए ।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । चेन्नईका लागि कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी नायक बने । उनले ४६ बलमा ४५ छक्का र ४ चौकाको मद्दतमा ७५ रन बनाउँदै राजस्थानविरुद्ध लक्ष्य लम्बाएका थिए ।

त्यस्तै, सुरेश रायनाले ३६ रन, ड्याइन ब्राभोले २७ रन बनाए भने शेन वाट्सनले १३ रन बनाएका थिए ।

चेन्नईविरुद्ध जोफ्रा आर्चरले २ विकेट, धवल कुलकर्णी, ज्यादव उन्डकट र वेन स्टोक्सले समान एक—एक विकेट लिएका थिए ।

जीतसँगै चेन्नई लिगमा ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित राजस्थान अंकबिहीन हुँदै ७ औं स्थानमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : १८ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको