आईपीएल क्रिकेट : पञ्जावविरुद्धको खेल सन्दीपले खेल्ने सम्भावना बलियो « Khabarhub

आईपीएल क्रिकेट : पञ्जावविरुद्धको खेल सन्दीपले खेल्ने सम्भावना बलियो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले आज (सोमबार) इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स ११ पञ्जावपसँग खेल्दैछ । पञ्जावको घरेलु मैदानमा हुने खेलमा दिल्ली र पञ्जाव आफ्नो तेस्रो जीतको खोजिमा हुनेछन् ।

यसअघि समान तीन खेल खेलेका दिल्ली र पञ्जावले समान २ खेलमा जित एक—एक खेलमा हार बेहोर्ेका छन् । अंक तालिकामा समान ४—४ अंक रहेका दिल्ली र पञ्जाव नेट रनरेटका आधारमा क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।

विष्फोटक ब्याट्सम्यान क्रिस गेल रहेको पञ्जावविरुद्ध दिल्लीका ब्याट्सम्यान पृथ्वी श्वा र रिसभ पन्तले कस्तो ब्याटिङ गलान् भन्ने जिज्ञासा यतिबेला उठिरहेको छ ।

त्यस्तै, यसअघि कलकत्ता नाइट राइडर्सविरुद्ध दिल्लीको प्लेइङ ११ मा अटाएका नेपाली स्पिनर सन्दीप लामिकछाने पञ्जावविरुद्धको खेलमा मैदान उत्रिने सम्भावना पनि बलियो छ ।

उनले पहिलो खेलमा एक विकेट लिएर दिल्लीका अन्य बलरको भन्दा कसिलो बलिङ गरेका थिए । जसमा उनले खेलको तेस्रो ओभर बलिङ गरेर मात्रै एक रन खर्चेका थिए भने समग्रमा ४ आभेर बलिङ गरेका सन्दीपले १ विकेट लिएर २९ रन खर्चेका थिए ।

दिल्लीले पहिलो खेलमा जीत हात पारेपछि दोस्रो खेलमा अघिल्लै प्लेइङ सेटलाई निरन्तरता दिएको थियो । भने आजको खेलमा पनि कलकत्ताविरुद्धकै टिम मैदान उतारे सन्दीप टिममा पर्नेछन् ।

दिल्लीले आफ्नो तेस्रो खेलमा कलकत्तालाई सुपर ओभरमा पराजित गरहेको थियो ।

यस्तो छ सम्भावितत प्लेइङ ११

पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, अमित मिश्रा—अक्जर पटेल, सन्दीप लामिछाने, कागिसो रबाडा

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : ५४ बजे

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को