उद्धारका लागि सेना परिचालन « Khabarhub

उद्धारका लागि सेना परिचालन


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बारा र पर्सामा हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा निकायका तीनै अंग परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको छ । नेपाली सेनाका दुई बलालियन उद्धारमा खटेका छन् ।

प्रदेश २ सरकारले यो विपत घडीमा राष्ट्रिय शोक मनाउन केन्द्रीय सरकारसँग माग गरेको छ । घटनामा भएको क्षति तथा उद्दारका लागि चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न अहिले जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा स्थानीय जनप्रतिनिधि, केन्द्रीय तथा प्रदेशसभाका सांसदलाई बोलाइएको बारा क्षेत्र नम्बर १, ‘क’ सांसद त्रिलोकी प्रसादले खबरहबलाई जानकारी दिए ।

अहिलेसम्म प्रारम्भिक सूचनामात्र आएको भन्दै सांसद प्रसादले घटनाबाट भएको क्षति धेरै रहेको बताए । हावाहुरीले बिजुलीको पोल तथा टिनको छाना उडाएर धेरैलाई घाइते बनाएको छ । घाइतेको संख्या बढ्न थालेपछि अस्पतालको खुल्ला ठाउँमा राखेर उपचार गराईँदै गरेको अस्पतालले जनाएको छ । त्यस्तै बिरामीको उपचारका लागि रगत अभाव भएका कारण रक्तदान गर्न आह्वान गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : २१ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने