रियलको जीतमा बेञ्जमाको गोल निर्णायक « Khabarhub

रियलको जीतमा बेञ्जमाको गोल निर्णायक


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला-लीगामा रियल मड्रिडले ह्युस्कालाई पराजित गरेको छ । आइतबार राति भएको ला-लीगाको खेलमा रियलले ह्युस्कालाई ३-२ गोल अन्तरले पराजित गरेका हो । रियलविजरुद्ध ह्युस्काले खेलको तेस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

ह्युस्काका लागि तेस्रो मिनेटमा जुआन क्यामिलो हर्नाल्डेजले गोल गर्दै पाहुना टिमविरुद्ध अग्रता बनाएका थिए । ह्युस्काको पहिलो गोल रियलका लागि २५ औ मिनेटमा ईस्कोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यस्तै, पहिलो हाफमा १-१ गोल बराबरी रहेको खेलको ६२ औ मिनेटमा ड्यानी सेबालोसले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाएपनि ७४ औ मिनेटमा जाबियार एटक्सिटाले खेल बराबरीमा ल्याएका थिए ।

२-२ बराबरीमा रहेको खेलमा खेलको अन्तिम समयमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ३-२ को जीत दिलाएका थिए ।

रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछाडि छ । तेस्रो स्थानको रियलले ५७ अंक जोडेको छ । ह्युस्का २२ अंक सहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : ४६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस