बारा, पर्सामा थप चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक « Khabarhub

बारा, पर्सामा थप चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा केन्द्रका चिकित्सकको टोली पठाउने तयारी गरेको छ ।

बारा र पर्सामा हावाहुरीका कारण घाइते भएकालाई प्रभावकारी उपचार सेवा दिन चिकित्सकको टोली पठाउने तयारी गरीएको स्वास्थ्य मन्त्रालययका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । चिकित्सकको टोली बारा पर्सामा पठाउनका लागि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको प्रवक्ता श्रेष्ठले खबरहबलाई बताए ।

‘बाराको घटनाप्रति स्वास्थ्य मन्त्रालय गम्भीर छ, स्वास्थ्य राज्यमन्त्रीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक चलिरहेको छ, त्यहा तत्काल कति चिकित्सक आवश्यक छन् र कति पठाउने भनेर छलफल भइरहेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामीले त्यहाँको उपचार सेवा प्रभावकारी बनाउन तत्कालै थप चिकित्सकहरु पठाउछौं ।’

यस्तै स्वास्थ्यमन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिव चन्द्र कुमार घिमिरे प्रभावित क्षेत्रमा जान स्वास्थ्य मन्त्रालयबाट निस्किएको श्रेष्ठले जानकारी दिए ।

बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीका कारण ७ सय भन्दा बढी घाइते भएका छन् । उनीहरुको नारायणी अस्पताल, वीरगंज र वीरगञ्ज हेल्थ केयर हस्पिटल, नेशनल मेडिकल कलेज लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

हावाहुरीका कारण घाइते भएकाको औषधि र रगत अभावका कारण उपचारमा समस्या भएका त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । घटनामा परीएउटै परिवारको ५ जनासम्म घाइते छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ५२ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका