बारा, पर्सामा थप चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक « Khabarhub

बारा, पर्सामा थप चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा केन्द्रका चिकित्सकको टोली पठाउने तयारी गरेको छ ।

बारा र पर्सामा हावाहुरीका कारण घाइते भएकालाई प्रभावकारी उपचार सेवा दिन चिकित्सकको टोली पठाउने तयारी गरीएको स्वास्थ्य मन्त्रालययका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । चिकित्सकको टोली बारा पर्सामा पठाउनका लागि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको प्रवक्ता श्रेष्ठले खबरहबलाई बताए ।

‘बाराको घटनाप्रति स्वास्थ्य मन्त्रालय गम्भीर छ, स्वास्थ्य राज्यमन्त्रीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक चलिरहेको छ, त्यहा तत्काल कति चिकित्सक आवश्यक छन् र कति पठाउने भनेर छलफल भइरहेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामीले त्यहाँको उपचार सेवा प्रभावकारी बनाउन तत्कालै थप चिकित्सकहरु पठाउछौं ।’

यस्तै स्वास्थ्यमन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिव चन्द्र कुमार घिमिरे प्रभावित क्षेत्रमा जान स्वास्थ्य मन्त्रालयबाट निस्किएको श्रेष्ठले जानकारी दिए ।

बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीका कारण ७ सय भन्दा बढी घाइते भएका छन् । उनीहरुको नारायणी अस्पताल, वीरगंज र वीरगञ्ज हेल्थ केयर हस्पिटल, नेशनल मेडिकल कलेज लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

हावाहुरीका कारण घाइते भएकाको औषधि र रगत अभावका कारण उपचारमा समस्या भएका त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । घटनामा परीएउटै परिवारको ५ जनासम्म घाइते छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ५२ बजे

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते