भियतनामी युवतीमाथि लगाइएको किम जोङ नामको हत्याको अभियोग फिर्ता « Khabarhub

भियतनामी युवतीमाथि लगाइएको किम जोङ नामको हत्याको अभियोग फिर्ता


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेशिया– मलेशियाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोग लागेकी भियतनामी युवतीमाथिको हत्या अभियोग फिर्ता गरेको छ ।

मलेशियाको राजधानी कुआलालम्पुरमा रहेको भियतनामी राजदूतावासका तर्फबाट प्रतिनिधि र ती युवतीका अभिवक्ताको पहलमा डुआन थि हुओङविरुद्ध लगाइएको हत्याको अभियोग फिर्ता गरिएको मलेशियाका अभियोजनकर्ताले जनाएका छन् । यद्यपि खतरनाक शैलीमा हानी पु¥याएको अन्य अभियोगमा भने उनी दोषी प्रमाणित भइसकेको बताइएको छ ।

यस अभियोगमा दोषी प्रमाणित भएकी उनलाई १० वर्षको जेलसजाय वा आर्थिक जरिवाना वा कोर्राले हिर्काउने सजाय हुनसक्ने छ । उनी हत्या अभियोगमा दोषी ठहर भएको अवस्थामा उनलाई मृत्युदण्ड समेत हुनसक्ने थियो ।

यसअघि गत महिना उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोग लागेकी इण्डोनेशियाली युवती सिती आइशाको पनि हत्या अभियोग फिर्ता भएको थियो ।

इण्डोनेशियाली युवतीमाथि लगाइएको हत्या अभियोग फिर्ता गरेपछि भियतनामलले मलेशियाको सरकार र महान्यायाधीवक्ताको कार्यलयलाई आफ्नी नागरिकमाथि लगाइएको हत्या अभियोग पनि फिर्ता गर्न आग्रह गरेको थियो । यद्यपि मलेशियाले भने यसबारे ठोस निर्णय गरेको थिएन ।
किम जोङ नामको सन् २०१७ को फेब्रुअरी महिनामा मलेशियाको राजधानी कुआला लम्पुरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा भीएक्स नर्भ नामक प्रतिबन्धित विषक्त रासायनिक पदार्थको प्रयोग गरी हत्या गरिएको थियो ।

उत्तर कोरियाली जासुसहरुले विमानस्थलमा दुई युवतीलाई जापानी टेलिभिजन रियालिटी टेलिभिजनमा प्र्याङ्क गर्न भन्दै किम जोङ नामको अनुहारमा रासायनिक पदार्थ दल्न लगाएका थिए । त्यसलगत्तै किम जोङ नामको मृत्यु भएको थियो । त्यसपछि उत्तर कोरियाली जासुसहरु फरार भएका थिए भने ती दुई युवतीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ११ : ५० बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ