हावाहुरीले तहसनहस पारेको क्षेत्रमा धुर्मुस, भन्छन्– आँधी आए तराईमा पहाडले छेक्नुपर्छ « Khabarhub

हावाहुरीले तहसनहस पारेको क्षेत्रमा धुर्मुस, भन्छन्– आँधी आए तराईमा पहाडले छेक्नुपर्छ


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हावाहुरीले मानवीय क्षतिसहित भौतिकक्षति पुगेपछि सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल (धुर्मुस) उद्दार र राहतका लागि प्रभावित क्षेत्र गएका छन् ।

उनले सामाजिक सञ्जालमा आँधी हुरीले तराईमा तहसनहस गरेको समाचाले आफूलाई बेचैन बनाएको बताउँदै ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली, घाउचोट लागेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारप्रति धैर्य धारणको शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

सामाजिक सञ्जालमा धुर्मुस् लेख्छन्,‘आफूले सकेको सहयोग गर्न काठमाडौंबाट बारा÷पर्साका लागि निस्किएको छु । अनि सम्झिरहेको छु दिनेश अधिकारी ज्यूका शब्दः

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ

आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।’

आइतबार साँझ आएको हावाहुरीबाट बारा पर्सामा ३२ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १२ : १३ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ