बारा–पर्सामा हावाहुरीको वितण्डा, कुन अस्पतालमा कति घाइते ? « Khabarhub

बारा–पर्सामा हावाहुरीको वितण्डा, कुन अस्पतालमा कति घाइते ?


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– हावाहुरीको वितण्डाले बारा र पर्सामा हालसम्म ३२ जनाको मृत्यु भइसेको छ । घटनामा ७ सयभन्दा घाइते भएका छन् । घाइतेहरुको प्रदेश २ का विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । सरकारले भने घाइतेमध्ये हालसम्म २ सय ८२ जनाको विवरण संकलन गरेको छ ।

कुन अस्पतालमा कति घाइते ?

नारायणी अस्पताल, वीरगंज: १सय १६ जना
नेशनल मेडिकल कलेज वीरगंज: १ सय जना
वीरगंज हेल्थ केयर: ३८ जना
गण्डक अस्पताल वीरगंज: २८ जना

घाइतेहरु मध्ये ७ जनालाई थप उपचारको लागि ल्याइएको र हाल त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

घाइतेहरु अझै हुनसक्ने भन्दै बारा र पर्साका सुरक्षाकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

घाइतेको उपचारका लागि बिहान ९ जना चिकित्सकको टोली काठमाडौंबाट बारा तर्फ गएको थियो भने थप ८ जना चिकित्सकको टोली औषधिसहित त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : ०० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति