राहत, क्षतिपूर्ति र घाइतेहरुको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरकारलाई नेकपाको ध्यानाकर्षण | Khabarhub Khabarhub

राहत, क्षतिपूर्ति र घाइतेहरुको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरकारलाई नेकपाको ध्यानाकर्षण


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले हावाहुरीका कारण ठूलो मानवीय क्षति भएकोमा दुःख व्यक्त गरेको छ ।

सोमबार(आज) एक विज्ञप्ति जारी गर्दै नेकपाले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्साका विभिन्न क्षेत्रमा २७ जनाको मृत्यु भएको र पाँच सयभन्दा बढी घाइते भएको खबरले आफ्नो पार्टी स्तब्ध भएको जनाएको छ ।

यो अकल्पनीय त्रासदीमा परी ज्यान गुमाउनेहरुप्रति नेकपाले श्रद्धाञ्जी व्यक्त गर्दै मृतकहरुका शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘घटना हुनासाथ सरकारका तर्फबाट उद्धारमा देखाईएको तत्परताले थप मानवीय क्षति हुनबाट बचाएको छ । हाम्रो पार्टी थप उद्धार, पीडितहरुको राहत र क्षतिपूर्तिका साथै घाइतेहरुको उपचारका लागि कुनै कसर बाँकी नराख्न सरकारको ध्यानकर्षण गराउँछ ।’

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १ : ०३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका