हावाहुरीको वितण्डा– ‘दुई मिनेट’को भूमरीले मच्चाएको हृदयविदारक घटना « Khabarhub

हावाहुरीको वितण्डा– ‘दुई मिनेट’को भूमरीले मच्चाएको हृदयविदारक घटना


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–बारा र पर्सामा आइतबार राति आएको हावाहुरीमा परि ३२ जनाको ज्यान गएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् । उनीहरुको कलैया तथा वीरगञ्जका अस्पतालमा उपचार भइरहेको छ ।

देशलाई नै स्तब्ध बनाउने यो घटनाले थोरै समयमा धेरै क्षति गरेको स्थानीयबासी बताउँछन् । छोटो समयमा ‘सामुन्द्रिक तुफानी’ आँधी जस्तौ आएर कल्पनै नगरेको घटना घटेको बाराको क्षेत्र नम्बर १ ‘क’का सांसद त्रिलोक प्रसादले बताए ।

‘करिब २ मिनेट ठूलो हुरी र भुमरी आयो’ सांसद प्रसादले भने,‘त्यसपछि यस्तो अवस्था बन्यो, घरहरु उडायो, बिजुलीका पोलहरु ढले, सडकका गाडी पनि उडे ।’

स्थानीय बुढापाकाले पनि यस्तो प्रकारको हावा हुरी आफ्नो जीवनमा थाहा नपाएको आफूलाई बताएको सांसद प्रसादले बताए ।
सांसद प्रसादका अनुसार हावाहुरीले पानीको चापाकल (ट्युवेल) समेत उखेलेको भेटिएको छ ।

उनले बारोका फेटा गाउँपालिकाको पनि भरबलिया, भलोनी, पुरैनियाँमा बढी क्षति भएको बताए । हुरीले घरहरु उडाएको थियो भने बिजुलीका पोलहरु ढालेको छ । सडकमा रहेका गाडीहरु पल्टाएको छ । हलुका सवारीका साधन टेम्पोलगायत हुरीले आकाशमा पु¥याएको प्रत्यक्षदर्शीले बताएका छन् ।

रातिको समय र हुरीसहित आएको पानीका कारण उद्धारमा पनि कठिनाइ भएको थियो । कठिन अवस्थाका बापजुद स्थानीय र प्रहरीको सक्रियतामा घाइतेलाई अस्पताल पु¥याइएको थियो । तर, अस्पतालमा राख्ने ठाउँको अभाव, चिकित्सकको अभाव र यन्त्र उपकरणको अभावका कारण उपचारमा पनि समस्या भएको थियो । ठाउँ अभाव भएपछि घाइतेहरुलाई खुल्ला ठाउँमा राखेर उपचार गरिएको छ । ७ जना घाइतेलाई थप उपचारका लागि सोमबार बिहान हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

राहतको घोषणा

घटनापछि सोमबार बिहानै बसेको प्रदेश २ को मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई तत्काल ३ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको छ । राहत प्याकेज लिएर तत्काल घटनास्थलमा जाने निर्णय गरेको प्रदेश २ सरकारले राष्ट्रिय शोक मनाउन केन्द्रीय सरकारलाई प्रस्ताव पनि गरेको छ ।

त्यस्तै प्रभावित क्षेत्रमा सर्वसाधारणको पुर्नवासका लागि उचित व्यवस्थापन गर्ने, प्रभावितहरुलाई खानपानको उचित व्यवस्थापन गर्ने निर्र्णय गरेको छ । हावाहुरीले पुर्‍याएको क्षतिको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय तत्काल राहत तथा उद्धार समिति गठन गरिएको छ ।

समितिमा समाजिक विकासमन्त्री नवल किशोर साह, बन उद्याग तथा पर्यटन मन्त्री राम नरेश राय, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सदस्य छन् । समितिमा कानून मन्त्रालयको उपसचिव सदस्य सचिव रहनेछन् ।

प्रधानमन्त्री, नेता तथा पूर्वराजाले दुःख व्यक्त गरे

घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल उद्धार र राहतका लागि निर्देशन दिएका छन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाहलगायतले दुःख व्यक्त गर्दै घाइतेको उद्धार, पीडितको खानपानको व्यवस्था गर्न सरकारसँग गरेका छन् ।

सामाजिक सञ्जालमा पनि राहत र उद्धारमा जुट्न आग्रह गर्दै सरकारसँग जोडदार माग गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘हुरी आए तराईमा पहाडले छेक्नुपर्छ’ भन्दै सबै एक भएर यो दुःखद घडिको सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।

मुख्यमन्त्री घटनास्थलमा 

घटनास्थलको अवलोकन गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मन्त्रिमण्डलका सदस्यसहित घटनास्थल पुगेका थिए । उनले हावा हुरीले क्षति पुगेको स्थान निरीक्षण गर्नुका साथै कलैया अस्पताल पुगेर घाइतेहरुलाई भेटेका छन् ।

अस्पतालका विरामीलाई उपचारका लागि चिन्ता नगर्न आग्रह गरे । उनले प्रदेश सरकारले दुःखमा साथ दिने भन्दै हरेक समस्या समाधानका लागि तयार रहेको बताए । उनले बिरामीको उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासनलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  २ : २२ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र