बारा–पर्सा हावाहुरी : अर्थोपेडिक इम्प्लान्ट नहुँदा घाइतेको शल्यक्रिया रोकियो « Khabarhub

बारा–पर्सा हावाहुरी : अर्थोपेडिक इम्प्लान्ट नहुँदा घाइतेको शल्यक्रिया रोकियो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बारा र पर्सामा आएको हावाहुरीबाट घाइते भएकाको उपचारका लागि आवश्यक पर्ने ‘अर्थोपेडिक इम्प्लान्ट’को अभाव भएको छ ।

वीरगन्जबाट थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएका घाइतेमध्ये २ जनाको उपचारका लागि अर्थोपेडिक इम्प्लान्ट आवश्यक पर्ने देखिएको छ । तर, आवश्यक पर्ने अर्थोपेडिक इम्प्लान्ट अस्पतालमा नहुँदा उपचारमा केही ढिलाइ भएको छ ।

त्रिवि शिक्षण अस्पतालले अस्पतालमा भर्ना भएका घाइतेमध्ये सुेशर पटेलको तीघ्रमा चोट लागेको जनाएको छ । उनको तिघ्रामा इम्प्लान्ट राखेर शल्यक्रिया गर्नुपर्ने अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

विभिन्न चोटपटकबाट हड्डीमा असर पुगेको अवस्थामा इम्प्लान्ट राख्नुपर्ने डा. खड्गाले जानकारी दिए । तर, यस्ता इम्प्लान्टहरु अस्पतालको फार्मेसीमा उपलब्ध हुँदैनन् ।

यस्ता इम्प्लान्ट बिक्री गर्ने कम्पनीका प्रतिनिधिसँग सम्पर्क गरेर मात्रै किन्न पाइन्छ । सामान्यतः यस्ता इम्प्लान्ट बिरामीका आफन्तले खरिद गरेर ल्याउनुपर्ने हुन्छ ।

तर, हावाहुरीबाट घाइते भएकाको उपचारको जिम्मा सरकारले लिने जनाएको छ ।

‘उपचारको जिम्मा सरकारले लिने भनेकाले बिरामीका आफन्तले इम्प्लान्ट खरिद गर्ने विषय रहेन । इम्प्लान्ट खरिदका लागि हामीले स्वास्थ्य मन्त्रालयसँग कुरा गरिरहेका छौं,’ त्रिवि शिक्षण अस्पतालका एक वरिष्ठ चिकित्सकले भने, ‘स्वास्थ्य मन्त्रालयले इम्प्लान्ट उपलब्ध गराएपछि शल्यक्रिया शुरु हुन्छ ।’

आइतवार साँझ आएको हावाहुरीका कारण घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । जसमध्ये २ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  २ : ५४ बजे

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर