कतारले दिल्ली र मुम्बईमा भिसा सेन्टर खोल्यो, अन्य ५ शहरमा स्थापना गर्ने तयारी « Khabarhub

कतारले दिल्ली र मुम्बईमा भिसा सेन्टर खोल्यो, अन्य ५ शहरमा स्थापना गर्ने तयारी


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार सरकारले भारतका मुख्य दुई शहरमा भिसा सेन्टर स्थापना गरेको छ ।

कतार सरकारले भारतमा पहिलो कतार भिसा सेन्टर (क्युभीसी) भारतको राजधानी नयाँदिल्लीमा यही मार्च २७ मा शुरु गरेको छ । भने २९ मार्चमा मुम्बईमा पनि भिसा सेन्टर खोली सेन्टरले सेवा शुरु गरेको छ ।

कतारका आन्तरिक मामिला मन्त्रालय अन्तरगत रहेको भिसा सपोर्ट सेन्टर कतारको कार्यकारी निर्देशक मेजर अब्दुल्लाह खलिफा अल मोहन्नदी सहित दुवै देशका अन्य उच्च पदाधिकारीहरूको उपस्थितिमा कतार भिषा सेन्टरको उद्घाटन गरिएको थियो ।

कतारले भारतका अन्य शहरहरु कलकत्ता, लखनउ, हैदराबाद, चेन्नइ र कोचीमा गरी पाँच थप भिषा सेन्टरहरू छिटै शुरु गर्ने कतार भिसा सेन्टरका तयारीका साथ काम भइरहेको जनाएको छ । कतार सरकारले भिसा सेन्टर श्रीलंका, बङ्गलादेश र पाकिस्तानमा स्थापना गरिसकेको छ ।

कतार सरकारले रोजगारीका लागि आफना देश आउने नागरिकको फिंगर प्रिन्ट, बायोमेट्रिक (जैविक) विवरण अभिलेख, मेडिकल चेकअप र रोजगारी सम्झौतापत्रमा हस्ताक्षर जस्ता कामहरू सहजरुपमा आफ्नै (स्वदेश) देशबाटै गर्न पूर्णरुपमा गरि भिसा सेन्टर खोल्न योजना लिएको छ ।

यस्तै, कतारले अब छिट्टै नेपालमा पनि कतार भिसा सेन्टर (क्युभीसी) शुरु गर्न लागेको छ । काठमाडौँ महाराजगन्जमा कतार भिसा सेन्टरको लागि कार्यालय समेत स्थापना भइसकेको छ । कतारसँग हुन लागेको श्रम सम्झौतामा भिसा सेन्टर खोल्ने विषयमा छलफल भएको छ । आगामी महिना कतारसँग श्रम सम्झौता हस्ताक्षर हुदै छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ३० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।