कतारले दिल्ली र मुम्बईमा भिसा सेन्टर खोल्यो, अन्य ५ शहरमा स्थापना गर्ने तयारी « Khabarhub

कतारले दिल्ली र मुम्बईमा भिसा सेन्टर खोल्यो, अन्य ५ शहरमा स्थापना गर्ने तयारी


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार सरकारले भारतका मुख्य दुई शहरमा भिसा सेन्टर स्थापना गरेको छ ।

कतार सरकारले भारतमा पहिलो कतार भिसा सेन्टर (क्युभीसी) भारतको राजधानी नयाँदिल्लीमा यही मार्च २७ मा शुरु गरेको छ । भने २९ मार्चमा मुम्बईमा पनि भिसा सेन्टर खोली सेन्टरले सेवा शुरु गरेको छ ।

कतारका आन्तरिक मामिला मन्त्रालय अन्तरगत रहेको भिसा सपोर्ट सेन्टर कतारको कार्यकारी निर्देशक मेजर अब्दुल्लाह खलिफा अल मोहन्नदी सहित दुवै देशका अन्य उच्च पदाधिकारीहरूको उपस्थितिमा कतार भिषा सेन्टरको उद्घाटन गरिएको थियो ।

कतारले भारतका अन्य शहरहरु कलकत्ता, लखनउ, हैदराबाद, चेन्नइ र कोचीमा गरी पाँच थप भिषा सेन्टरहरू छिटै शुरु गर्ने कतार भिसा सेन्टरका तयारीका साथ काम भइरहेको जनाएको छ । कतार सरकारले भिसा सेन्टर श्रीलंका, बङ्गलादेश र पाकिस्तानमा स्थापना गरिसकेको छ ।

कतार सरकारले रोजगारीका लागि आफना देश आउने नागरिकको फिंगर प्रिन्ट, बायोमेट्रिक (जैविक) विवरण अभिलेख, मेडिकल चेकअप र रोजगारी सम्झौतापत्रमा हस्ताक्षर जस्ता कामहरू सहजरुपमा आफ्नै (स्वदेश) देशबाटै गर्न पूर्णरुपमा गरि भिसा सेन्टर खोल्न योजना लिएको छ ।

यस्तै, कतारले अब छिट्टै नेपालमा पनि कतार भिसा सेन्टर (क्युभीसी) शुरु गर्न लागेको छ । काठमाडौँ महाराजगन्जमा कतार भिसा सेन्टरको लागि कार्यालय समेत स्थापना भइसकेको छ । कतारसँग हुन लागेको श्रम सम्झौतामा भिसा सेन्टर खोल्ने विषयमा छलफल भएको छ । आगामी महिना कतारसँग श्रम सम्झौता हस्ताक्षर हुदै छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ३० बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई