हावाहुरीपीडितलाई सहयोग गर्न उपराष्ट्रपतिबाट आग्रह « Khabarhub

हावाहुरीपीडितलाई सहयोग गर्न उपराष्ट्रपतिबाट आग्रह


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले हावाहुरी र असिनापानीले राष्ट्रलाई नै शोकमा पार्ने गरी मध्य तराईका बारा, पर्सा लगायत जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित बनाएको बताएका छन् ।

उनले अकल्पनीय प्रकारको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिले प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र पूर्ण स्वाथ्यलाभको कामना गर्दै प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।

घाइतेको उद्धार र उपचार तथा पीडितका लागि राहत, पुनर्स्थापना  र घर पुनःनिर्माणमा सरकारले विशेष ध्यान दिनेमा विश्वस्त रहेको बताउँदै उपराष्ट्रपतिले सुरक्षित आवास र भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिएकाले त्यसलाई विशेष ध्यानमा राख्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोधसमेत गरेका छन् ।

एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने हामी नेपालीको संस्कार भएको स्पष्ट पार्दै उनले हावाहुरीबाट पीडितलाई स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइले सकेको सहयोग गर्ने अपेक्षा गरेका छन् ।

अकल्पनीय प्राकृतिक प्रकोप पीडितको पीडामा आफू सधैँ साथमा नै रहेको बताउँदै पुनले विपद्का समयमा खुला हृदयका साथ सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ३५ बजे

चितवनका दुवै ओपनर सुदूरपश्चिमका कप्तान दीपेन्द्रको शिकार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

बैंकिङ अपराधमा सीआईबीको सक्रियता, किन कमजोर बन्यो राष्ट्र बैंक ?

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रभुख बैंकमा छिरेपछि

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको

७५ रन जोडेर सूदरपश्चिमका क्रिस ‘रिटायर्ड आउट’

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको