घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग कोइरालाको आग्रह  | Khabarhub Khabarhub

घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग कोइरालाको आग्रह 


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आइतबार साँझ आएकोे भीषण हावाहुरीका कारण बारा र पर्सामा धेरैको ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त  गरेका छन् ।

उनले आज  एक विज्ञप्ति निकाली  विपद्मा परी दिवङ्गत भएका सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

महामन्त्री कोइरालाले घाइतेको तत्काल उद्धार र उपचारको प्रबन्ध गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै राहत र उद्धारमा जुट्न तथा पीडित परिवारको पुनःस्थापनामा सहयोग पुर्‍याउन सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : ०७ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले