प्रधानमन्त्री ज्यूले हेलिकप्टरबाट हेर्नुभएछ, हामीलाई त्रिपाल चाहियो ! « Khabarhub

प्रधानमन्त्री ज्यूले हेलिकप्टरबाट हेर्नुभएछ, हामीलाई त्रिपाल चाहियो !


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आइतवार साँझ आएको हुन्डरीले बारा र पर्सामा बितण्डा मच्चाएको छ । गृहमन्त्रालयले भने अहिलेसम्म २७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।

हावाहुरीले प्रभावित भएको क्षेत्रमा अहिले स्थानीयहरु भोकभोकै बस्नुपरिरहेको छ । खबरहबको सम्पर्कमा आएका प्रभावित क्षेत्रका जनप्रतिनिधिका अनुसार प्रभावितहरुको ‘भोक मेटाउन’का लागि हल्का खानेकुरा वितरण गरिएपनि अन्य ‘व्यवस्था’ हुन सकेको छैन ।

‘यहाँको अवस्था एकदमै दयनीय छ । यहाँका सबै जनता अहिले पनि भोकभोकै छन् । हामीले केही मात्रामा खानेकुराको व्यवस्था गरेका छौं । तर, त्यतिले मात्रै पुग्ने अवस्था छैन,’ हावाहुरीका कारण सबैभन्दा बढी प्रभावित बाराको फेटा गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष जय प्रकाश दासले खबरहबसँग भने, ‘अब राति पर्न लागेको छ । हिजो राति खुला आकाशमा विताएका प्रभावितलाई आजको राति कहाँ सुताउने भन्ने समस्या छ ।’

प्रधानमन्त्री ज्यू त्रिपाल चाहियो !

हावाबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय सरकारका मन्त्रीहरुको टोली निरीक्षणमा जाने भन्ने थियो ।

काठमाडौंबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल) लगायतको टोली झापा पुगेर प्रधानमन्त्रीका साथ सेनाको हेलिकप्टरमा बारा उडेको थियो । तर, प्रधानमन्त्रीसहित केन्द्रबाट गएका संघीय सरकारका पदाधिकारीहरु प्रभावित क्षेत्रमा नगइ सेनाकै हेलिकप्टरबाट सदरमुकाम कलैया फर्किका छन् ।

‘केही समय पहिले आकाशमा हेलिकप्टरको आवाज सुनिएको थियो । हामीले प्रधानमन्त्री ज्यू यहाँ ओर्लिनुहुन्छ कि भन्ने सोचेका थियौं, उहाँ त सिधै कलैया पुग्नुभएछ,’ फेटा गाउँपालिका–१ का वडाध्यक्ष दासले खबरहबसँग भने, ‘यहाँका नागरिकलाई पाल चाहिएको छ । प्रधानमन्त्री ज्यू यहाँ आउनुभएको भए कम्तिमा त्रिपालको व्यवस्था त गरिदिनुहोस् भन्ने थियौं । उहाँ त यहाँ टेक्नु नै भएन !’

प्रधानमन्त्री आए त्रिपाल पाइने आशमा रहेका प्रभावितहरु अहिले निराश बनेका वडाध्यक्ष दासले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : २६ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।