पेरुमा ‍यात्रुबहाक बसमा आगो लाग्यो, २० जनाको मृत्यु « Khabarhub

पेरुमा ‍यात्रुबहाक बसमा आगो लाग्यो, २० जनाको मृत्यु


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु– दक्षिण अमेरिकी मुलुक पेरुको राजधानी लिमामा दुई तल्ले बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ ।

लिमाको सान मार्टिन डे पोर्रेज क्षेत्रमा अवैध रुपमा सञ्चालित पेट्रोल पम्पनजिकै रोकिरहेको अवस्थामा बसमा आगलागी भएको हो । घटनामा अन्य ८ जना घाइते भएका छन् ।

आगलागी हुनुको कारण स्पष्ट नभइसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागी भएको उत्तरी तटीय शहर चिक्यायोतर्फ जाँदै गरेको लामो दुरीको बसमा रहेको र बसमा आगलागी हुनेबित्तिकै अग्निनियन्त्रकको टोली खटाइएको पेरुको अग्निनियन्त्रक निकायका प्रवक्ता लेविस मेइयाले जनाएका छन् ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार बसको शुरुमा पछाडीबाट आगो लाग्न शुरु भएको थियो । लगत्तै बसभित्र पनि आगो सल्केको थियो ।

बसभित्र रहेका यात्रीले पनि पेट्रोलियम पदार्थ बोकेका कारण आगलागीमा ठूलो मानवीय क्षति भएको अधिकारीले जनाएका छन् ।

त्यस्तै बसमा आगोलागी भएको अवस्थामा आगो निभाउने उपकरण समेत नभएको प्रहरीले जनाएको छ । शहरका मेयर होर्गे मुनोजले बसका साहूलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अधिकारीले आगलागी भएको बस रोकिएको स्थान नजिक अवैध रुपमा पेट्रोलियम पदार्थ विक्री गर्ने गर्ने पसल रहेकाले त्यहाँ सवारी रोक्न प्रतिबन्ध लगाएका थिए ।

लिमाको सवारी व्यवस्थापन निकै नै कमजोर मानिन्छ । त्यहाँ दर्ता नगराइएका सवारी साधन देखि सवारी साधन गुडाउने अनुमति नै नलिइ पनि जथाभावी सवारी साधन चलाउने गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : १५ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास