नेकपा(माले)द्वारा बारा र पर्सामा भएको घटनाप्रति दुःख प्रकट « Khabarhub

नेकपा(माले)द्वारा बारा र पर्सामा भएको घटनाप्रति दुःख प्रकट


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माले)ले बारा र पर्सामा हावाहुरी, असिनापानीका कारण गएराति दिवङ्गत भएका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको उचित स्वास्थोपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका नेता कुमार बेलबासेले आज जारी गर्नुभएको विज्ञप्तिमा मृतकप्रति श्रद्घाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । पार्टीले यस दुःखद घडीमा राहत र उद्दार कार्यमा सक्रिय बन्न पार्टीका बारा र पर्सा जिल्ला कमिटीलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा आगामी वर्षातमा तराई भू–भाग बाढीको चपेटामा पर्ने र ब्यापक जनधनको क्षति हुनसक्ने हुँदा डुबान हुननदिन पहल गर्नुपर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिमा प्राकृतिक प्रकोप नियन्त्रण गरी त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सम्भावित जनधनको क्षति रोक्नुपर्ने र व्यवस्थित तथा सुरक्षित बसोवासको नीति निर्माण एवं कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : २४ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा