नेकपा(माले)द्वारा बारा र पर्सामा भएको घटनाप्रति दुःख प्रकट | Khabarhub Khabarhub

नेकपा(माले)द्वारा बारा र पर्सामा भएको घटनाप्रति दुःख प्रकट


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माले)ले बारा र पर्सामा हावाहुरी, असिनापानीका कारण गएराति दिवङ्गत भएका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको उचित स्वास्थोपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका नेता कुमार बेलबासेले आज जारी गर्नुभएको विज्ञप्तिमा मृतकप्रति श्रद्घाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । पार्टीले यस दुःखद घडीमा राहत र उद्दार कार्यमा सक्रिय बन्न पार्टीका बारा र पर्सा जिल्ला कमिटीलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा आगामी वर्षातमा तराई भू–भाग बाढीको चपेटामा पर्ने र ब्यापक जनधनको क्षति हुनसक्ने हुँदा डुबान हुननदिन पहल गर्नुपर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिमा प्राकृतिक प्रकोप नियन्त्रण गरी त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सम्भावित जनधनको क्षति रोक्नुपर्ने र व्यवस्थित तथा सुरक्षित बसोवासको नीति निर्माण एवं कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : २४ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ