समाजिक सञ्जाल कम्पनीमाथि नियन्त्रण हो, प्रयोगकर्तामाथि होइनः मन्त्री बाँस्कोटा « Khabarhub

समाजिक सञ्जाल कम्पनीमाथि नियन्त्रण हो, प्रयोगकर्तामाथि होइनः मन्त्री बाँस्कोटा


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई नियन्त्रण हुनेगरी सरकारले कुनै पनि कानुनी व्यवस्था गर्न नचाहेको बताएका छन् ।

मन्त्री बास्कोटाले सामाजिक सञ्जाल कम्पनीहरुलाई भने नियमनको दायरामा ल्याउन दर्ता गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारेका हुन् ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले सामाजिक मूल्य, मान्यता विपरित हुनेगरी सामाजिक सञ्जाल प्रयोग गर्ने कम्पनीलाई भने सरकारले कडा कार्वाही गर्ने गरी कानुनी व्यवस्था गर्ने पनि उल्लेख गरे ।

मन्त्री बास्कोटाले युरोप र अमेरिकी मुलुकमा पनि सामाजिक मूल्य र मान्यता विपरितका सूचना प्रवाह गर्ने सामाजिक सञ्जाल कम्पनीलाई कार्वाही गर्ने कानुनी व्यवस्था गरिएको समेत स्मरण गराए ।

सरकारले ल्याएको सो विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ता कम्पनीले जथाभावी सूचना प्रवाह गरे कारबाही गर्ने प्रस्ताव गरिएको छ । सामाजिक सञ्जाल कम्पनीहरुलाई जथाभावी सूचना प्रवाह गर्न नदिन सरकारले सो कम्पनीलाई निययन हुने गरी कानूनी व्यवस्था गर्न लागिएको मन्त्री बास्कोटाले बताए ।

नेपालमा हाल ९३ लाख फेसबुक प्रयोगकर्ताहरु रहेका छन । त्यसैगरी ६० लाख यूटुव प्रयोगकर्ता तथा ४० लाख ट्वीटर प्रयोगकर्ताहरु रहेको पनि संचार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले जानकारी दिए । मन्त्री बास्कोटाले सूचना प्रविधिका कारण हुने असहजतालाई नियन्त्रण गर्न पनि सरकारले सो सम्बन्धि कानुनलाई व्यवस्थित बनाउन लागिएको पनि समितिलाई जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ५ : ४८ बजे

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

काठमाडौं– भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा