हेर्दा हेर्दै बस्ती बन्यो खण्डहर, स्थानीय भक्कानिँदै भन्छन्- पीडा पोख्ने शब्द नै छैन « Khabarhub

हेर्दा हेर्दै बस्ती बन्यो खण्डहर, स्थानीय भक्कानिँदै भन्छन्- पीडा पोख्ने शब्द नै छैन



बारा-  आइतबार राति एक्कासी बारा र पर्सामा ठूलो विपत्ति आइलाग्यो । २ मिनेटको अवधिमा हावा हुरीले हेर्दा हेर्दै सुन्दर बस्ती खण्डहरमा परिणत बने । घरका छाना उडे, टहरा पुरै भत्किए, रुख ढले, बस–ट्रक पल्टिए । यो भन्दा ठूलो दुखद् घटना २७ जनाले ज्यान गुमाए ६ सयभन्दा बढी घाइते ।

स्थानीयको कोलाहल र चिच्याहट अनि  अस्पतालमा छटपटाइरहेका  घाइतेहरुको अवस्था देख्दा जो कोहीको मन भावूक बन्छ । कुनै कुनै ठाउँमा गाह्रो लगाइएका इटा भुईंभरी असरल्ल छन् । घरको नाममा इट्टाको थुप्रो देखिन्छ ।

सोमबार विहान स्थलगत रिपोर्टिङका क्रममा पुग्दा फेटा गाउँपालिका-१ बाराका खुर्सेद आलाम हामी सँग भक्कानिएर रोए ।

गहभरी आँशु, मलिन मुद्रामा रहेका आलमले भने ‘राति एक्कासी ठूलो आवाजसहित हावाहुरी आयो सँगै असिना पानी दर्कियो । दुई मिनेट बितेको छैन, गर्ल्याम–गुर्लुम घर लड्यो । मेरै घरमा दुईजनाको ज्यान गयो, मैले चाहीँ बल्ल–बल्ल ज्यान जोगाएँ ।’

आलामको घरभन्दा केही पर स्थानीय मुस्तान खातुन पनि गहभरी आँशु बनाएर बसेका थिए । हावाहुरीका कारण उनले आफ्नी पत्नी र बुहारी गुमाएका थिए ।

‘राति एक्कासी हावाहुरी चल्यो, म बाहिर थिएँ, पछि केही मत्थर भएपछि हतार-हतार घर पुगेँ तर, घर छेउ पुग्दा न त घर देखियो न त श्रीमती र बुहारी नै । घर पुरै ढलेको थियो । घरले किचेर श्रीमती र बुहारीको निधन भइसकेको रहेछ ।’  आफन्त गुमाउँदाको पीडाले हाेला उनी स्तब्ध बने ।

फेटा गाउँपालिका ६ मा पुग्दा टाउकोमा चोट बोकेर यता उता टोलाउँदै गरेका स्थानीय धरम अन्सारी भेटिए । उनको अवस्था पनि आलाम र खातुनको भन्दा फरक थिएन । उनले भने– ‘बहुत ठूलो तुफान आँधी एक्कासी आयो, लगत्तै मेरो टाउकोमा ढुंगा बज्रियो त्यपछि केही थाहा भएन । पछि जब होस आयोे बस्ती त इट्टाको थुप्रो भैसकेछ ।’

स्थानीय एकवालोसन अन्सारी भने ‘खान खाएर सुतिरहेकाे थिएँ, एक्कासी ठूलो आवाज सहित हावा हुरी चल्यो।  सबैजना त्यहाँ भाग्यौं- छिमेकिको पक्की घरमा ।  हेर्दा हेर्दै मेराे घर ढल्यो ।’

हावाहुरीबाट आफन्त गुमाएका तथा घरबारविही भएका यिनीहरुले जस्तै बारा र पर्सामा सयौंले पीडा भोगिरहेका छन् ।

सुन्दर बस्ती खण्डहर

बाँस र ढुंगा माटोले लिपेको घरको नामोनिशाना देखिँदैन । सिमेन्ट लगाएका इँटाको गाह्रो भएका घर पनि बाँकी छैनन् । पिलर सिस्टमका केही घरहरु मात्रै ठडिएको देखिन्छन् ।

बिजुलीका पोलहरु पुरै ढलेका छन् । गाउँमा बत्ती पनि छैन इन्टरनेटको त के कुरा ? रुखहरु ढलेर सडकहरु प्नि अवरुद्ध छन् । बाँस झ्याँग हरु जरै देखि उखेलिएका छन् ।

भकारीको अन्नबाली भुईंमा असरल्ल पोखिएको छ । अहिले प्रभावित क्षेत्रमा तत्काल शुद्ध पीउने पानी, खानेकुरा र औषधीको आवश्यक देखिन्छ ।

दिनभर घाइतेको उद्दारमा व्यस्त भएका प्रभावितहरु रात कसरी कटाउने, बालबच्चालाइ कहाँ आश्रय दिने भन्ने  चिन्तामा छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : ०९ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा