मंगलबारबाट यु-१६ स्कूल क्रिकेट हुने « Khabarhub

मंगलबारबाट यु-१६ स्कूल क्रिकेट हुने


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय खेलकुद् परिषद् (राखेप) को सहकार्यमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सञ्चालन गर्ने यू—१६ नेसनल स्कूल क्रिकेट प्रतियोगिता मंगलबार (भोली) देखि शुरु हुने भएको छ ।

७ ओटा प्रदेशका ७ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा स्कूलस्तरका क्रिकेटरहरु सहभागी हुने आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
चैत १९ देखि २५ गतेसम्म चल्ले प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् भने २३ गते हुने खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता ३० ओभरमा खेलाइनेछ ।

सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ । प्रदेश नम्बर ३, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली समूह ‘ए’ मा छन् भने प्रदेश नम्बर १, प्रदेश नम्बर २ र सुदूरपश्चिम समूह ‘बी’ मा रहेका छन् । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष २ स्थानमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यसै प्रतियोगितालाई आधार मानेर थाइल्याण्डमा आयोजना हुने एसीसी यू—१६ इस्ट्रन रिजनका लागि खेलाडी छनोटसमेत गरीने नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रशिक्षक टमटाले प्रतियोगिताबाट क्षमतावान युुवा खेलाडीहरुलाई राष्ट्रिय टोलीसम्म आउने बाटो खुल्ने पनि बताए ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार बराबरको खेल सामाग्री प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार बराबरको खेल सामग्री प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ६ : ३७ बजे

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय