युक्रेन चुनावः राष्ट्रपति पदमा हास्य कलाकारको अग्रता « Khabarhub

युक्रेन चुनावः राष्ट्रपति पदमा हास्य कलाकारको अग्रता


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा भएको राष्ट्रपतीय निर्वाचनमा हास्य कलाकार भोलोदिमिर जेलेन्स्कीले अग्रता लिएका छन् । आइतबार भएको मतदानको ७० प्रतिशतभन्दा धेरै मतगणना भइसकेको अवस्थामा जेलेन्स्कीले ३०.४५ प्रतिशत मत ल्याएका छन् । त्यस्तै उनका प्रतिस्पर्धी वर्तमान राष्ट्रपति पेत्रो पोरोसेन्कोले केबल १६.१९ प्रतिशत मत ल्याएका छन् ।

कुनै पनि राष्ट्रपतीय उम्मेद्वारले ५० प्रतिशतभन्दा धेरै मत नल्याएको खण्डमा सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेद्वारले दोश्रो चरणको मतदानमा प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान अनुसार उनले आगामी अप्रिल २१ मा हुने दोश्रो चरणको मतदानमा पोरोसेन्कोसँग प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ ।

संस्थापनविरोधी मुद्दा लिएर चुनावमा लडेका उनले आफ्ना समर्थक र मतदातालाई धन्यवाद दिएका छन् । सन् २०१४ यता मुलुकको पूर्वी क्षेत्रमा जारी युद्ध र रुसले युक्रेनको क्राइमियालाई आफ्नो मुलुकमा गाभेपछि युक्रेनमा राजनीतिक संकट चर्किँदै गएको छ । त्यसबाहेक राष्ट्रपति पोरोसेन्कोको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि आरोप लागिरहेको छ ।

यसैक्रममा यसअघि कुनै राजनीतिक अनुभव नभएका उनले युवापुस्ताका मतदातालाई आकर्षित गर्ने हिसाबमा संस्थापनविरोधी पपुलिष्ट मुद्दालाई अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिमा निर्वाचित भए उनीमाथि मुलुकको पूर्वी क्षेत्रमा जारी हिंसा अन्त्य गर्ने र मुलुकमा लगानी आकर्षित गर्ने मुख्य चुनौति हुने बताइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ०३ बजे

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको