एन्फाको आर्थिक नियमावली र कार्यविधि तयार « Khabarhub

एन्फाको आर्थिक नियमावली र कार्यविधि तयार


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आर्थिक नियमावली तयार पारेको छ । सोमबार पत्रकार सम्मेलन गरी एन्फाले अर्थिक नियमावली तयार भएको जानकारी दिएको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नियमावली सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताएका छन् । यस्तै, उनले नियमावली नीतिगत गाइड भएको र कार्यविधिमा सबै प्रक्रिया समेटिएको हुने बताएका छन् ।

उनले भने, “यो नियमावली र कार्यविधि घोषणा गरिरहँदा अत्यन्त खुसी भएको छु । हिजो घोषणा गरेको आर्थिक पारदर्शीतालाई कायम गर्न यसले सहज बनाउने छ । आर्थिक नियमावलीमात्रै जारी गरेर नहुने भएपछि हामीले आर्थिक कार्यविधि पनि जारी गरेका हौं । नियमावलीले नीतिगत रुपमा गाइड गर्छ भने कार्यविधिले सबै शीर्षकमा स्पष्ट व्यवस्था गर्ने गर्छ ।”

यस्तै, एन्फाको नयाँ कार्यसमिति आइसकेपछि सुशासन कायम गर्ने भन्ने विभिन्न कार्यक्रम घोषणा गरेका बताउँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले सुशासनका कायम गर्न कार्यविधि र नियमावली आधार बनेको बताए ।

यस्तै, उनले अहिलेका लागि नियमावली र कार्यविधि सानो लागेपनि दिर्घकालीन रुपमा राम्रो प्रभाव पार्ने बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ११ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग