जापानी साम्राज्यमा नयाँ युगको शुरुवात, नाम पनि जुराइयो « Khabarhub

जापानी साम्राज्यमा नयाँ युगको शुरुवात, नाम पनि जुराइयो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानले आफ्नो साम्राज्यका लागि नयाँ नाम जुराएको छ । जापानका वर्तमान सम्राट आकिहितोले जापानको गोदावारी गद्दी त्याग्ने भएपछि उनको स्थानमा आउने उनका छोरा तथा नयाँ सम्राट नारुहितोको युगका लागि जापानी साम्राज्यले नयाँ नाम जुराएको हो ।

जापानी मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री योसुहिदे सुगाले सार्वजनिक गरेअनुसार जापानी साम्राज्यको नयाँ युगको नाम ‘रेवा’ राखिएको छ । विद्वानहरु र प्रशासकहरुले दिएका विभिन्न नामको सूचीमध्येबाट सल्लाहकार समूहसँग परामर्श गरेर सरकारले नयाँ नाम जुराएको हो ।
जापानी भाषाका दुई अक्षरमा लेखिने ‘रेवा’ शब्दको पहिलो अक्षरले जापानी भाषामा आज्ञा वा निर्देशन जनाउने र दोश्रो अक्षरले उत्तम, सुन्दर, शान्ति वा सौहार्दता जनाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्राट आकिहितोले आगामी अप्रिल ३० मा औपचारिक रुपमा गोदावारी गद्दी त्यागेर उनका छोरा नारुहितोले मे १ का दिन नयाँ सम्राटको रुपमा गद्दी आरोहण गर्ने छन् । त्यससँग रेवा युगको औपचारिक शुरुआत हुनेछ ।

जापानी प्रधानमन्त्रीले सिन्जो आबेले नयाँ युगको नामले परम्परागत जापानी सँस्कृतिको सुन्दरता र युवा पिढीसहित सबै जापानीको सपना साकार गर्ने भविष्यमा जोड दिने जनाएका छन् । पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री आबेले अहिले जापानले ठूलो मोड लिइरहेको भएपनि जापानी सँस्कृतिका धेरै मूल्य मान्यतालाई गुम्न दिन नहुने बताएका थिए । उनले नयाँ युगको नामले ‘हाम्रो राष्ट्रको संस्कृति सुन्दरतापूर्वक एकै ठाउँमा जोडिएका मानिसहरुको हृदयबाट जन्मे–हुर्केको हो ।’ भन्ने अर्थ दिने समेत जनाए ।

जापानमा पश्चिमा पात्रो प्रचलनमा रहेपनि गेङ्गो भनिने साम्रज्यको युगका आधारमा पनि मिति गणना गरिने परम्परा छ । आधुनिक जापानमा पश्चिमा पात्रो बढी मात्रामा प्रयोग हुने भएपनि सरकारी कामकाज, जापानी मुद्रा, पत्रपत्रिका र अन्य परम्परागत क्षेत्रमा साम्राज्यको युगको नाम लेखिन्छ ।

जापानमा रहेका सरकारी र निजि कार्यालयमा प्राविधिक क्यालेण्डरमा नयाँ नाम राख्न सहज होस् भन्नाका लागि युगको नाम एक महिना अगावै जुराइएको बताइएको छ ।

नयाँ युगको नाम मान्योशु नामक प्राचिन जापानी कविताबाट लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चिनियाँ काव्यबाट साम्राज्यको नयाँ नमक जुराइँदै आएको थियो । यसपटक भने साम्राज्यको नयाँ नाम जापानी काव्यबाटै जुराइएको हो ।

मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री सुगाले सेतो पृष्ठभूमिमा कालो अक्षरले लेखिएको नयाँ युगको नाम सार्वजनिक गरेलगत्तै जापानी सामाजिक सञ्जालमा मानिसहरुले खुशी व्यक्त गर्दै साम्राज्यको नयाँ नामको स्वागत गरेका थिए । यसअघि जापानीहरु साम्राज्यको नयाँ युगको नाम व्यग्रतापूर्वक पर्खिरहेको समाचार सार्वजनिक भएका थिए ।

सन् १९८९ यता सम्राट आकिहितोले शासन गरिरहेको जापानी साम्राज्यको युगको नाम ‘हेइसी’ राखिएको थियो । जापानी भाषामा हेइसीको अर्थ भने शान्तिको प्राप्ति हुन आउँछ । यसअघि सन् १८६८ यता आधुनिक जापानी साम्राज्यमा चारवटा युग थिए । सन् १८६८ देखि १९१२ सम्म मेइजी युग, सन् १९१२ देखि १९२६ सम्म ताइशो युग, सन् १९२६ देखि १९८९ शोवा र सन् १९८९ यता हेइसी युग रहेका छन् ।

८५ वर्षीय वर्तमान सम्राट आकिहितोले स्वास्थ्यका कारण देखाउँदै गद्दी त्याग्ने घोषणा गरेपछि उनको स्थानमा उनका छोरा जापानका नयाँ सम्राट बन्न लागेका हुन् । यसअघि सम्राटको मृत्यु भएपछि मात्रै नयाँ सम्राटले गद्दी आरोहण गर्ने परम्परा रहेको थियो ।

साम्राट आकिहितो जापानी इतिहासको पछिल्लो २ सय वर्षमा गद्दी त्याग्ने पहिलो सम्राट बन्न पुगेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : २० बजे

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा