अवैध सामानसहित बर्दियामा एक जना पक्राउ | Khabarhub Khabarhub

अवैध सामानसहित बर्दियामा एक जना पक्राउ


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया–जिल्ला प्रहरी कार्यालय बर्दियाले अवैध सामान सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बढैयाताल गाउँपालिका–६, शिवमन्दिर चौक र वडा नम्वर २ फुटाह छेउमा भारतबाट अवैध मालसामान चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा बढैयाताल ७ का कृपाराम यादवलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मैनापोखरवाट खटीएको टोलीले यादवको साथवाट अवैध रुपमा ल्याउदै गरेको सुपरपावर सुर्ती ३ सय ५० पोका, अग्रवाल सुट १२ पिस, राजेश सुट ८ पिस, कैलाश सुट ३ पिस, सुटपिस थान १, खाता कपडा ५ थान, मोटरसाईकलको टायर १ सय २० थान, फलामको जाली सहित दुईवटा मोटरसाईकल गरी २ लाख १० हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ९ : २३ बजे

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी