पञ्जावद्वारा दिल्लीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुत « Khabarhub

पञ्जावद्वारा दिल्लीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुत


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स ११ पञ्जावले दिल्ली क्यापीटल्सलाई १सय६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । घरेलु मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले २० आभेर पुरा खेल्दै ९ विकेट गुमाएर १सय६६ रन बनाएपछि दिल्लीले १सय ६७ रनको लक्ष्य पाएको हो ।

पञ्जावका लागि डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ४३ रन बनाए । उनले ४ चौका र २ छक्काको मद्दतमा ४३ रन पूरा गरे । त्यस्तै, दिल्लीविरुद्ध सर्फराज खानले ३९ रन ,मन्दिप सिंहले २९ रन बनाए भने, साम कुरानले २० रन र केएल राहुलले १५ रन बनाएका थिए ।

टस जितेर बलिङको निर्णय गरेको दिल्लीका लागि क्रिस मोरिसले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै, कागिसो रबाडाले ४ आभेरमा ३२ रन दिएर २ विकेट लिए ।

सन्दीपको बलिङ

दिल्लीविरुद्ध ३९ रनमा खेलिरहेका सर्फराज खानलाई आउट गर्न सफल भएका सन्दीपले पञ्जावविरुद्ध २ विकेट लिए । त्यसअघि उनले पहिलो विकेटका रुपमा पञ्जावका साम कुरानलाई एलबिडब्लु धराप पारे । कुरान २० रनमा खेलिरहँदा एलबिडब्लु धराप परेका हुन् ।

पहिलो ओभरमा सन्दीपले १ विकेट लिएर १० रन खर्चेका थिए भने दोस्रो ओभरमा ४ रन खर्चेका उनले तेस्रो ओभरमा बिना विकेट १० रन दिएका थिए ।

पञ्जावविरुद्ध आफ्नो चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिएका थिए । योसँगै सन्दीपको यो सिजनको आईपीएलमा विकेट संख्या ३ पुगेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार