पञ्जावद्वारा दिल्लीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुत « Khabarhub

पञ्जावद्वारा दिल्लीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुत


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स ११ पञ्जावले दिल्ली क्यापीटल्सलाई १सय६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । घरेलु मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले २० आभेर पुरा खेल्दै ९ विकेट गुमाएर १सय६६ रन बनाएपछि दिल्लीले १सय ६७ रनको लक्ष्य पाएको हो ।

पञ्जावका लागि डेभिड मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ४३ रन बनाए । उनले ४ चौका र २ छक्काको मद्दतमा ४३ रन पूरा गरे । त्यस्तै, दिल्लीविरुद्ध सर्फराज खानले ३९ रन ,मन्दिप सिंहले २९ रन बनाए भने, साम कुरानले २० रन र केएल राहुलले १५ रन बनाएका थिए ।

टस जितेर बलिङको निर्णय गरेको दिल्लीका लागि क्रिस मोरिसले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै, कागिसो रबाडाले ४ आभेरमा ३२ रन दिएर २ विकेट लिए ।

सन्दीपको बलिङ

दिल्लीविरुद्ध ३९ रनमा खेलिरहेका सर्फराज खानलाई आउट गर्न सफल भएका सन्दीपले पञ्जावविरुद्ध २ विकेट लिए । त्यसअघि उनले पहिलो विकेटका रुपमा पञ्जावका साम कुरानलाई एलबिडब्लु धराप पारे । कुरान २० रनमा खेलिरहँदा एलबिडब्लु धराप परेका हुन् ।

पहिलो ओभरमा सन्दीपले १ विकेट लिएर १० रन खर्चेका थिए भने दोस्रो ओभरमा ४ रन खर्चेका उनले तेस्रो ओभरमा बिना विकेट १० रन दिएका थिए ।

पञ्जावविरुद्ध आफ्नो चौथो ओभरमा सन्दीपले ४ रन खर्चेर १ विकेट लिएका थिए । योसँगै सन्दीपको यो सिजनको आईपीएलमा विकेट संख्या ३ पुगेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : १३ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह