समृद्धिका लागि श्रमिकको जीवनमा सुधार हुनुपर्छ- श्रममन्त्री विष्ट | Khabarhub Khabarhub

समृद्धिका लागि श्रमिकको जीवनमा सुधार हुनुपर्छ- श्रममन्त्री विष्ट


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले राष्ट्रिय समृद्धिका लागि श्रमिकको जीवनमा गुणात्मक सुधार ल्याउनुपर्ने बताएका छन् । विश्व श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री विष्टले राष्ट्रिय समृद्धिलाई दिगो बनाउन पनि श्रमिकको अधिकार स्थापित गर्नुपर्ने बताए ।

दिवसको अवसरमा मन्त्री विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘लामो समयको राजनीतिक आन्दोलनको आरोहअवरोह पार गरी नेपाल अहिले राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको छ । राजनीतिक रूपान्तरणको यस चरणसम्म आइपुग्न इतिहासको विभिन्न कालखण्डमा श्रमिकहरूले पुर्‍याएको योगदान अतुलनीय छ। आजको यस ऐतिहासिक दिनमा उक्त योगदानलाई उच्च मूल्यांकनका साथ विशेष रुपमा स्मरण गर्न चाहन्छु।’

संविधानमा उल्लिखित श्रमिकका मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनको लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवम् प्रक्रियागत सुधार थालेको पनि मन्त्री विष्टले बताए । उनले भने, ‘सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा उल्लेख्य वृद्धि गरेको छ । श्रमको सम्मानलाई राष्ट्रिय अभियानको रुपमा अगाडि बढाइएको छ । श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजनाहरु आरम्भ गर्नुका साथै मुलुकभित्रै सम्मानपूर्वक काम पाउने अवस्थाको श्रृजना गरी रोजगारीको लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने उद्‍घोष गरिएको छ।’

श्रमिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउन प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका नवीन कार्यक्रमहरु कार्यान्वयनमा ल्याइएको पनि मन्त्री विष्टले बताए ।

श्रमिकहरूलाई वर्तमानमा उनीहरुको आत्मसम्मान तथा भविष्यप्रति आशावादी हुने अवस्थाको श्रृजना गर्न सकिएमा मात्र श्रमको उत्पादकत्व वृद्धि हुन सक्ने भन्दै उनले भने, ‘यसतर्फ तीनै पक्षहरू- सरकार, रोजगारदाता र श्रमिकहरुले एकआपसमा हातेमालो गर्दै सबै किसिमको कामप्रति सम्मान गर्ने संस्कृति विकास गर्न श्रम दिवसले थप प्रेरणा दिने विश्वास मैंले लिएको छु ।’

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ५ : ३० बजे

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

बाढीबाट जोगाउन तटबन्ध निर्माण

कञ्चनपुर– स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई