टोटनह्याममाथि आयाक्सको जीत « Khabarhub

टोटनह्याममाथि आयाक्सको जीत


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–युरोपा च्याम्पियन्स लिग फुटबल अन्तगतको पहिलो सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटनह्याम हट्सपुरलाई आयाक्सले पराजित गरेको छ । टोटनह्यामको घरेलु मैदानमा भएका् खेलमा डच टोलीले १–० गोल अन्तरको संघर्षपूर्ण जीत हात पार्‍यो।

अन्तिम–१६ देखि नै बलियो टोलीलाई पाखा लगाउँदै सेमिफाइनल पुगेको आयाक्सले खेलको १५ औं मिनेटमा गरेको गोलको अग्रता जोगाय राख्न सफल हुँदा जित हात पार्‍यो ।

आयाक्सका लागि डोन भान डे बिकलेउत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । टोनह्यामविरुद्ध आक्रामक देखिएका उनको गोल नै खेलका लागि निर्णायक बन्यो ।

१९६२ पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको इंग्लिस क्लब पहिलो लेगमा साघुँरो अन्तरले पराजित भएका कारण दोस्रो ‘अवे’ खेलमा आयाक्सलाई उसैको घरेलु मेदानमा पराजित गर्न सके फाइनल प्रवेश गर्न सक्नेछ ।

अन्तिम–१६ मा आयाक्सले डिफेन्डीङ च्याम्पियन रियल मड्रिडका लागि घरको टिकट कटाएको थियो भने क्वाटरफाइनलमा क्रिष्टीयानो रोनाल्डोको टोली युभेन्ट्सको च्याम्पियन्स लिगको यात्रामा बिराम लगाएको थियो ।

पराजित भएपछि टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आफ्नो टिमले पहिलो ाफमा लय मात्न नसकेको बताएका छन् । तर, दोस्रो राम्रो खेलेपनि गोल निकाल्न नसक्दा पराजित हुनुपरेको उनको भनाइ छ ।

त्यस्तै, टोटनह्याममाथि जीत निकाल्न सफल आयाक्सका प्रशिक्षक इरिक टेन हेगले भने १–० को नतिजा राम्रो भएको र पहिलो लेगबाट धेरै कुरा सिक्न पाएकाले दोस्रो लेगमा यसलाई समाप्त पार्ने बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : ५७ बजे

किमको दोहोरो सन्देश : धम्की र संवाद

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको सुरक्षा

मतदातासमक्ष एमाले महासचिव पोखरेलका पाँच संकल्प 

देउखुरी– दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा

गगनले भने : हिजो माओवादीले मान्छे मारिरहँदा नक्कली शरणार्थी बनेर मस्ती मार्नेहरूलाई नपत्याउनू

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माओवादी युद्धका समयमा नक्कली

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९