च्याम्पियन पीएसजीमाथि मोन्टेपेरिल्लाको जीत | Khabarhub Khabarhub

च्याम्पियन पीएसजीमाथि मोन्टेपेरिल्लाको जीत


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रेन्च लिग वानको च्याम्पियन्स टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) मोन्टपेल्लिरसँग पराजित भएको छ । मंगलबार राति भएको लिग वानको खेलमा पीएसजी मोन्टपेल्लिरसंग ३–२ गोल अन्तरले पराजित भएको हो ।

मोन्टपेल्लिर घरेलु मैदानमा शुरुवाति अग्रता लिएको पीएसजीले अग्रता जोगाउन नसक्दा हार व्यहोर्नु परेको हो । खेलको १२ औं मिनेटमा मोन्टपेल्लिरका एम्ब्रोइस आयोङगोको आत्मघाती गोलबाट पीएसजीले अग्रता बनाएको थियो । तर, खेलको १५ औं मिनेटमा पीएसजीका प्रेस्नेल किम्पेम्बेको आत्मघाती गोलबाट मोन्टपेल्लिर खेलमा फर्किएको थियो ।

खेल १–१ गोलको बराबरी हुँदा ६२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । तर, मोन्टेपेरिल्लाका लागि ८० औं मिनेटमा एन्डी डिलोर्टले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

मोन्टेपेरिल्लाका लागि खेलको ८५ औं मिनेटमा सौलुमाने कामराले गोल गर्दै टोलीलाई ३–२ को जित दिलाएका थिए ।

पराजित पीएसजी यसअघि नै लिग च्याम्पियन बनिसकेको छ । जितसंगै मोन्टपेल्लिर ५४ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित पीएसजी ८४ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ७ : २० बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा