जीवनमा आइपर्ने समस्या र चुनौतीबाट छुट्कारा पाउने सात सूत्र | Khabarhub Khabarhub

जीवनमा आइपर्ने समस्या र चुनौतीबाट छुट्कारा पाउने सात सूत्र


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्तिले जीवनमा चुनौती र समस्याको सामना गरिरहेको हुन्छ । यो मानव जीवनको एउटा हिस्सा नै भन्दा फरक पर्दैन । कोही पनि व्यक्ति छैन होला जसको जीवनमा कुनै चुनौती र समस्या झेल्नु नपरेको ।

जीवनमा यस्ता सानातिना थुप्रै कुराहरू हुन्छन्, जसले सिँधै हाम्रो जीवनमाथि प्रभावित गरिरहेको हुन्छ । जीवनमा आइपर्ने यस्ता चुनौती र समस्यासँग जुध्नका लागि हिन्दु धर्मशास्त्रमा उल्लेखित थु्रप्रै सूत्रहरू छन् । भगवान शिवले शिव महापुराणमा जीवनमा आउने समस्याहरूबाट बच्ने केही सूत्र दिएका छन् ।

यदि हामीले यी सूत्रहरूलाई अवलम्बन गरेको खण्डमा भविष्यमा आउन सक्ने समस्यालाई निराकरण गर्न सहज हुनेछ । आउनुहोस्, जानी राखौँ सात सूत्र

१) सधैँ सत्य बोल्नुहोस्

एउटा संकल्प गर्नुहोस्, जुनसुकै कुरामा सधैँ सत्य बोल्ने । आफुले आफुलाई जित्ने सरल तरिका भनेको सत्य बोल्नु हो । सत्य बोल्नुको सबैभन्दा महत्वपूर्ण फाइदा भनेको तपाईंले कुनै पनि व्यक्तिलाई कति बेला के भन्नु भयो भन्ने कुराको कहिल्यै याद गरिरहनु पर्दैन । सधैँ सत्य बोल्नुहोस्, तपाईंले अरुसमक्ष गरेको कुराको सम्झना गर्न आवश्यक नै हुँदैन ।

२) सरल हुनुहोस्

विनम्रता व्यक्तिको गहना हो । सरल र सहज हुनुभयो भने दोस्रो व्यक्तिसँग कुनै पनि व्यवहार गर्न सजिलो हुनेछ । तपाईंको बोलीमा बेग्लै प्रभाव हुनेछ ।

३) निन्दा नगर्नुहोस्

यदि तपाईंलाई कुनै कुरा राम्रो लागेन भने त्यसमा तपाईंको आफ्नो रुचि हटाईदिनुहोस् । त्यसबाट आफुलाई अलग गर्नुहोस् तर निन्दा कहिल्यै पनि नगर्नुहोस् । निन्दा गर्नाले तपाईंको व्यक्तित्वको प्रभावलाई कम गर्नेछ ।

४) पवित्रता बनाइ राख्नुहोस्

पवित्रताको सम्बन्ध केवल बाहिरी शरीरसँग मात्रै हुँदैन । आफ्नो मन, आत्मा र शरीरलाई सधैँ पवित्र राख्नुहोस् । यसको लागि मन्त्र, जप, उपवास, सत्संग गर्नुहोस् ।

५) केही मौन बस्नुहोस्

बोल्नु हाम्रो लागि आवश्यक पनि हो । हरेक दिन केही समय मौन बस्छु भनेर संकल्प पनि गर्नुहोस् । तर, याद राख्नुहोस्, केही नबोली चुप लागेर बस्नु र मौन बस्नुमा फरक छ । चुप लागेर बस्नु बाहिरी कुरा हो भने मौन बस्नु भित्री कुरा हो ।

६) उदारता देखाउनुहोस्

तपाईंले गर्ने कुनै पनि कुराबाट अरुको मनमा पीडा नहोस्, यो विषयलाई ध्यान दिनुहोला । स्वभावमा उदारताको भाव छ भने हामी आफ्नो अगाडि जो व्यक्ति छ उसलाई जुन कुरा राम्रो लाग्छ, त्यही कुरा बोल्ने र गर्ने गर्छौं ।

७) संकल्प गर्नुहोस्

जीवनमा कुनै न कुनै राम्रो कुरालाई उतार्नुहोस् । तपाईंको आचरणमा कुनै नराम्रो तथा दोष छ भने त्यसलाई त्यागी दिनुहोस् । संकल्प गरेर राम्रो कामको शुरूवात गर्न सक्नु हुनेछ । जब तपाईंले राम्रो कामको थालनी गर्नुहुन्छ, दोष र नराम्रो कुरा आफै हटेर जानेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ९ : ४२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः